२०८१ वैशाख १३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचारकेएमसीले ‘रोबटिक सर्जरी’ सेवा सुरु गर्दै

केएमसीले ‘रोबटिक सर्जरी’ सेवा सुरु गर्दै


काठमाडौं – काठमाडौं मेडिकल कलेज (केएमसी)ले ‘रोबटिक सर्जरी’ सुरु गर्ने भएको छ। बिहिबार पत्रकार सम्मेलन आयोजना गरी अस्पतालले उक्त जानकारी दिएको हो।

नेपालमै पहिलोपटक न्यूरो सर्जरीका लागि कार्नियल रोबर्ट भित्र्याइएको अस्पतालले जानकारी दिएको छ। अस्पतालका अनुसार नेभीजिएसन सिस्टम विथ रोबर्ट, न्यूरो मोनिटरिङ्ग् सिस्टम, मिनिमल इन्भेसिभ स्पाइन सर्जरी इक्युपमेन्ट जस्ता अत्याधुनिक उपकरणहरु जडान भैसकेको छ।

एडभान्स न्यूरोसाइनसेन्स सेन्टरका निर्देशक तथा वरिष्ठ न्यूरो सर्जन डा. अमित थापाको नेतृत्वमा दक्ष जनशक्ति सहितको न्यूरो सर्जरी सेवा सुरु भएको हो। उक्त सेवा सुरु भएपछि न्यूरो सर्जरीको क्षेत्रमा सहज, सुलभ र गुणस्तरीय सेवाको नयाँ आयामको सुरुवात भएको अस्पतालले जनाएको छ।

 

तस्बिरहरु :- नवराज वाग्ले /हेल्थआवाज

 

 

 

 

 


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ