२०७८ असोज ३, आईतबार
Health Aawaj logo
गृहपृष्ठसमाचारशनिबारबाट माक्स सप्ताह मनाइदै

शनिबारबाट माक्स सप्ताह मनाइदै


काठमाडौँ – सरकारले कोभिड-१९ महामारी नियन्त्रण र रोकथामका लागि मास्क अभियान सञ्चालन गर्ने भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबारदेखि देशभर एक साताका लागि उक्त अभियान सञ्चालन गर्ने जनाएको छ।

‘महामारी नियन्त्रण र रोकथाममा मेरो प्रतिवद्धता मास्क लगाउनु नै आजको आवश्यकता’ भन्ने मूलनाराका साथ उक्त अभियान सुरु गरिने मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले जानकारी दिए।

सहप्रवक्ता डा. अधिकारीका अनुसार जनमानसमा स्वास्थ्यको मापदण्ड र मास्कको महत्व बुझाउनका लागि अभियान सञ्चालन गर्न लागिएको हो।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ

जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)