२०८३ असोज २४, शनिबार
Health Aawaj logo
गृहपृष्ठ ∕ समाचार ∕ १५ जना वरिष्ठ महिला चिकित्सक राष्ट्रपतिबाट सम्मान पाउँदैं

१५ जना वरिष्ठ महिला चिकित्सक राष्ट्रपतिबाट सम्मान पाउँदैं


काठमाडौं—नेपालका १५ जना वरिष्ठ महिला चिकित्सकहरुले राष्ट्रपति विद्यादेवी भण्डारीबाट सम्मान पाउने भएका छन् । नेपाल चिकित्सक संघ (एनएमए)ले राष्ट्रपतिमार्फत अग्रणी भूमिका खेलेका वरिष्ठ महिला चिकित्सकहरुलाई ‘वुमन इन मेडिसिन इन नेपाल’ एवार्ड दिएर सम्मान गर्न लागेको हो ।

सम्मानित हुने चिकित्सकहरुमा डा. रिता थापा, डा.दिव्याश्री मल्ल, डा. सुधा शर्मा, डा. किरण रेग्मी, डा. सरस्वती पाध्ये, डा. आशा सिंह, डा. राधा शाह, डा. कुसुम थापा, डा. संगीता भण्डारी, डा. दिव्यासिंह शाह रहेका छन् । यस्तै, डा. चन्दा कार्की, डा. सानुमाया दली, डा. अचला वैद्य, डा. सुधा अग्रवाल, डा. तारा मानन्धर रहेका छन् ।

सम्मानका लागि भोलि शुक्रबार दिउँसो राष्टपति कार्यलय शितलनिवासमा सम्मान कार्यक्रमको आयोजना हुने चिकित्सक संघका अध्यक्ष डा. लोचन कार्कीले जानकारी दिए ।

उनकाअनुसार संघका पूर्व अध्यक्षहरुको जुरीले नेपालको चिकित्सा क्षेत्रमा अग्रणी भूमिका खेलेका वरिष्ठ १५ जना महिला चिकित्सकहरुको नाम छनोट गरेको हो । ‘हामीले महिला चिकित्सकहरुको सम्मानका लागि नेपालमै यो नयाँ सुरुवात गरेका हौं,’ अध्यक्ष डा. कार्कीले भने, ‘यसलाई हामी निरन्तरता दिदैं जान्छौं ।’ उनले महिला चिकित्सकहरु घरबार सम्हालेर पनि पुरुष नपुगेको ठाउँमा समेत पुगेको उल्लेख गर्दै उनीहरुलाई यसले उर्जा दिने बताए ।

डा. कार्कीकाअनुसार पहिलो वर्ष भएकाले यस पटक बढी चिकित्सक भएपनि आउँदो वर्ष निरन्तरदा दिँदा अलि संख्या कम हुनेछ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ