२०८० चैत्र १५, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचारभेरोसेल खोपको दोस्रो मात्रा आजबाट लगाइदै

भेरोसेल खोपको दोस्रो मात्रा आजबाट लगाइदै


काठमाडौं- देशभर कोभिड–१९ विरुद्धको भेरोसेल खोपको दोस्रो डोज लगाइदै छ। गत असार २९ गतेदेखि पहिलो डोज लगाएका ५५ वर्षभन्दा माथि उमेर समूहका नागरिकलाई  शुक्रबार बिहान १० बजेदेखि सो खोप दिन थालिएको हो।

भेरोसेलको पहिलो डोज लगाएको २१ दिन पूरा भएका नागरिकलाई दोस्रो खोप दिन निर्देशन दिएको स्वास्थ्य सेवा विभागले जनाएको छ।

विभागका अनुसार यस अभियानमा ५५ वर्षमाथिका उमेर समूह, अत्यावश्यक सेवामा कार्यरत कर्मचारी तथा विदेश जाने नागरिकहरु परेका छन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ