२०८१ वैशाख १३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठबाग्मती प्रदेशदुई महिला चिकित्सकलाई यौन दुर्व्यवहार गरेको आरोपमा अस्पताल विकास समितिका सदस्य पक्राउ

दुई महिला चिकित्सकलाई यौन दुर्व्यवहार गरेको आरोपमा अस्पताल विकास समितिका सदस्य पक्राउ


हेटौडा—हेटौडास्थित मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान अस्पतालमा कार्यरत एक जना कर्मचारीले दुई जना महिला चिकित्सकमाथि यौन दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका छन् । गत शनिबार आयोजित पिकनिक कार्यक्रममा हिरा बाइबाले मादक पदार्थ सेवन गरी महिला चिकित्सकमाथि अस्वभाविक व्यवहार प्रदर्शन गरेपछि विरुद्ध प्रहरीमा उजुरी परेको थियो ।

उजुरीपछि जिल्ला प्रहरी कार्यलय हेटौडाले शुक्रबार बाइवालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यलय प्रमुख सोमेन्द्रसिंह राठौरले जानकारी दिए । ‘पिकनिकमा दुई महिला चिकित्सकमाथि अभद्र व्यवहार गरेको उजुरी परेपछि उहाँलाई पक्राउ गरिएको छ,’ उनले भने, ‘हामी थप अनुसन्धान गर्दैछौं ।’

प्रतिष्ठानअन्तर्गतको हेटौडा अस्पतालको डार्क रुपमा कर्मचारी समेत रहेका बाइवा अस्पताल विकास समितिमा सदस्य पनि हुन् । प्रतिष्ठान स्रोतकाअनुसार बाइवाले मादक पदार्थ सेवन गरी अस्पतालमै कार्यरत दुई जना महिला चिकित्सकसँग अस्वभाविक हर्कत प्रदर्शन गरेका थिए ।

पक्राउ परेसँगै बाइवालाई प्रतिष्ठानले व्यवस्थापन समितिबाट निलम्बन गरेको छ । बाइवाले यौन दुर्व्यवहार गरेपछि प्रतिष्ठानका कर्मचारीहरुले प्रतिष्ठान प्रशासन, मुख्यमन्त्री कार्यलय, सामाजिक विकास मन्त्रालय, जिल्ला प्रहरी तथा जिल्ला प्रशासन कार्यलय हेटौडामा उजुरी दिएका थिए ।


क्याटेगोरी : बाग्मती प्रदेश, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ