२०८१ वैशाख ७, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारबीएस्सी नर्सिङ, बीएनएस र बी फार्माको इन्ट्रान्सको रिजल्ट प्रकाशित, को-को भए पास ? (रिजल्टसहित)

बीएस्सी नर्सिङ, बीएनएस र बी फार्माको इन्ट्रान्सको रिजल्ट प्रकाशित, को-को भए पास ? (रिजल्टसहित)


काठमाडौं—चिकित्सा शिक्षा आयोगले बीएस्सी नर्सिङ, बीएनएस र बी फार्माको इन्टान्सको रिजल्ट प्रकाशित गरेको छ । आयोगले शनिबार बीएस्सी नर्सिङ, बीएनएस र बी फार्मा नतिजा सार्वजनिक गरेको हो ।

आयोगले पहिलो पटक चिकित्सा शास्त्रका शैक्षिक कार्यक्रमको एकीकृत प्रवेश परीक्षा लिएको थियो । यसअघि नै आयोगले एमबीबीएस, बिडिएस, विपिएच, बिपिटीलगायतको प्रवेश परीक्षाको नतिजा सार्वजनिक गरिसकेको छ ।

बीएस्सी नर्सिङको प्रवेश परीक्षामा ५०४ जना उत्तीर्ण भएका छन् । यस्तै, बीएनएसमा १३८० जनाले नाम निकालेका छन् ।

यस्तै, बी फार्ममा ५४७ जना विद्यार्थीले प्रवेश परीक्षा पास गरेका छन् ।

रिजल्ट हेर्नोस


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ