२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारडब्लुएचओद्वारा १८ लाख डलर बराबरको स्वास्थ्य सामग्री सहयोग

डब्लुएचओद्वारा १८ लाख डलर बराबरको स्वास्थ्य सामग्री सहयोग


काठमाडौँ – विश्व स्वास्थ्य संगठनले नेपाल सरकारलाई स्वास्थ्य सामग्री प्रदान गरेको छ । संगठनले मंगलबार दुई हजार ( २००० ) भन्दा बढी अक्सिजन कन्सेनट्रेरहरु र अत्यावश्यक मेडिकल सामग्रीहरु स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई प्रदान गरेको हो ।

विश्व स्वास्थ्य संगठन नेपालस्थित कार्यलयले कोभिड – १९ प्रतिकार्यलाई सुदृढ बनाउन गर्दै आएको निरन्तर सहयोगको एउटा हिस्साको रुपमा १८ लाख अमेरिकी डलर बराबरको अत्यावश्यक औषधी र सामग्रीहरु मन्त्रालयलाई हस्तानतरण गरेको हो ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग असपताल टेकुमा भएको कार्यक्रममा २५०,००० एम्पल्स डेक्सामेथाजोन, २००० अक्सिजन कन्सनट्रेटरहरु, २४,००० वटा भेन्चुरी मास्क, करिब ५००,००० अक्सिजन नसल क्यानुला, ६००,००० मास्क (FFP2 respirator) र ५००,००० सर्जिकल ग्लब्स सहितका सामग्रीहरु विश्व स्वास्थ्य संगठन नेपालस्थित कार्यलयका प्रमुख डाक्टर राजेश संभाजीराव पाण्डवले माननीय स्वास्थ्य राज्यमन्त्री, श्री उमेश श्रेष्ठलाई हस्तानतरण गरेका छन् ।

‘देशमा संक्रमितहरुको संख्या र अस्पतालमा भर्ना हुने बिरामीहरुको संख्या बढेको अवस्थामा हामीले अत्यावश्यक स्वास्थ्य सामग्रीहरु सहयोग गरेका छौं। संगठनले कोभिड – १९ गम्भीर बिरामीहरुको उपचार र ब्यवस्थापनमा सहयोग गर्दै आइरहेको छ र आजको हस्तानतरण कार्यक्रम त्यसको एउटा हिस्सा हो । महामारीको यो समयमा सहयोग प्रदान गर्न पाउँदा हामी खुसी छौँ, ‘ डा. राजेश पाण्डवले भने।

स्वास्थ्य मन्त्रालयले तयार पारेको वितरण योजना अनुसार स्वास्थ्य समग्रीहरु नेपालभरिका सातै प्रादेशिक स्वास्थ्य आपूर्ती व्यवस्थापन शाखा र २८ वटा अस्पतालहरुमा वितरण गरिनेछ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबै प्रदेशमा सामग्रीहरु ढुवानी गर्न यसै साताभित्र सुरु गर्ने लक्ष्य लिएको छ ।

महामारीको सुरुवात देखिनै कोभिड – १९ को प्रतिकार्य गर्न विश्व स्वास्थ्य संगठनले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई सहयोग गर्दै आइरहेको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ