२०८१ वैशाख २६, बुधबार
Health Aawaj logo
गृहपृष्ठसमाचारके तपाईका बालबालिकाले मास्क लगाउन जरुरी छ ?

के तपाईका बालबालिकाले मास्क लगाउन जरुरी छ ?


काठमाडौँ – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड-१९ महामारीमा बालबालिकाका लागि मास्क लगाउने विषयमा एक सूचना जारी गरेको छ । मन्त्रालयले ५ वर्षभन्दामुनिका बालबालिकाले मास्क लगाउन नपर्न र सो भन्दा माथिल्लो उमेरका बालबालिकाहरुलाई अवस्था हेरेर लगाइदिन सकिने जनाएको छ।

मन्त्रालयका अनुसार ६ देखि ११ वर्षका बालबालिकाले भने समुदायमा व्यापक संक्रमण फैलिए र उच्च जोखिमको सम्पर्कमा पुगेको अवस्थामा मास्क लगाउनु पर्दछ।

साथै, १२ वर्षभन्दा माथिकाले वयस्क जसरी नै मास्क लगाउनुपर्ने र अपांगता भएका बालबालिकाको हकमा भने सक्षमता र हित हेरर मास्क लगाउनुपर्ने मन्त्रालयले जानकारी दिएको छ ।

हाल देशव्यापीरुपमा मास्क अभियान संचालन भैरहेको छ। स्वास्थ्य मन्त्रालयले कोभिड-१९ को नियन्त्रणका लागि मास्क अनिवार्य रहेको बताउँदै विभिन्न माध्यमबाट आममानिसमा सचेतना जगाइरहेको छ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ