२०८१ वैशाख ७, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारनेपालमा कोभिड-१९ संक्रमण र मृत्युदर बढ्दै, सर्तकता अपनाउन आग्रह

नेपालमा कोभिड-१९ संक्रमण र मृत्युदर बढ्दै, सर्तकता अपनाउन आग्रह


काठमाडौँ – नेपालमा कोभिड-१९ संक्रमण र मृत्युदर बढ्दै गएको देखिएको छ। केहि दिनयता संक्रमणदर र मृत्युदर बढ्दै गएको देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका प्रवक्ता डा . कृष्णप्रसाद पौडेलका अनुसार साउनमा दैनिक १० हजारको हाराहारी कोभिड परीक्षण भैरहेको छ। जसबाट संक्रमित हुने दर २० देखि २५ प्रतिशत रहेको छ।

‘२५ प्रतिशतमा संक्रमण पुष्टि हुनु भनेको उच्च पोजेटिभ दर हो। यो ४ जनामा एक जना पोजेटिभ भेटिएको अवस्था हो। निषेधाज्ञा खुला  भैरहेको अवस्थामा स्वास्थ्यको मापदण्ड पालना गरिएन भने संक्रमण झनै बढ्ने देखिन्छ त्यसकारण हामी सतर्क रहन अनुरोध गर्दछौं, ‘मन्त्रालयको  बुधबारको पत्रकार सम्मेलनमा डा. पौडेलले भने ।

मन्त्रालयले बंगलादेश र नेपालमा कोभिड संक्रमित मृत्युदर उच्च रहेको जनाएको छ। अफगानिस्थान, भारत र भुटानमा नेपालको दाजोमा कम मृत्युदर देखिरहेको छ। नेपालमा १ दशमलब ५ प्रतिशत संक्रमितको मृत्यु भैरहेको मन्त्रालयले जनाएको छ।

नेपालमा पछिल्लो २४ घन्टामा ३४८१ जनामा कोभिड पुष्टि भएको छ भने ३० जनाको मृत्यु भएको छ।

हालसम्म नेपालमा कुल संक्रमितको संख्या ७ लाख ९५ हजार ३ सय ९१ रहेको छ। जसमध्ये ९३ प्रतिशत संक्रमित अर्थात् ६ लाख ७५ हजार ८३ जना कोभिड मुक्त भएका छन् । भने, १० हजार १ सय ८० जना मृत्यु भैसकेको छ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ