२०८१ वैशाख १२, बुधबार
Health Aawaj logo
गृहपृष्ठसमाचार‘टेलिभिजनमा महिनावारी हुँदाको रगत देखाउने विज्ञापन नियम सम्मत’

‘टेलिभिजनमा महिनावारी हुँदाको रगत देखाउने विज्ञापन नियम सम्मत’


एजेन्सी । महिनावारी हुँदा खसेको रगत देखाउने दृश्यसहितको एउटा विज्ञापन कानून विपरित नरहेको र त्यसले प्रसारणको मापदण्ड उल्लङ्घन नगरेको अस्ट्रेलियाको टेलिभिजन नियमनकारी निकायले निस्कर्ष निकालेको छ ।

महिनावारी हुँदा महिलाले लगाउने स्यानिटरी प्याड उत्पादक कम्पनी लिब्राले हालै एक विज्ञापन प्रसारण गरेको थियो । त्यसमा रगत लागेको पेन्टी र महिलाको खुट्टामा रगत चुहिएको देखाइएको थियो ।

तर सो विज्ञापन अश्लिल र प्रसारणको मापदण्ड उल्लंघन गरेको भन्दै त्यसबिरुद्ध ६ सय ओटा उजुरी परेका थिए । अस्ट्रेलियामा यो वर्ष विज्ञापनविरुद्ध परेको उजुरीको यो सर्वाधिक संख्या हो ।

तर, अस्ट्रेलियाको उद्योग निमायक निकायले ती उजुरीहरुलाई अस्वीकार गर्दै विज्ञापनमा चित्रण गरिएको सन्देशको प्रशंशा गरेको छ । विज्ञापन नियामक सो कम्पनीले भनेको छ, ‘ विज्ञापनले समानतालाई प्रवर्धन गरेको र महिनावारीसँग जोडिएका भ्रमलाई चिरेको छ । ’
लिब्राको मातृ कम्पनी एसेलियो केअरले महिनावारी हुँदा महिला तथा किशोरीले सामाना गरेको लज्जाको अनुभूति र गलत अवधारणालाई सो विज्ञापनले गतिलो जबाफ दिएको बताए ।

तर निवेदनकर्ताले सो विज्ञापनको प्रस्तुति ‘अपमानजनक र घिनलाग्दो’ भएको तर्क गरेका थिए । तर, सो विज्ञापन टीभी बढी हेरिने समय र बालबालिकाका लागि अनुपयुक्त भएको तर्कको समेत खण्डन गरेको छ । विज्ञापननले आचारसहिता उल्लंघन नगरेको टेलिभिजन नियमनकारी निकायले जनाएको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ