२०८१ वैशाख ७, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठवैकल्पिक चिकित्साअब कक्षा ८ देखि अदुवा, अमला, अलैची, असुरो, ज्वानो, मेथीका बारेमा पढाइ हुने (पुस्तकसहित)

अब कक्षा ८ देखि अदुवा, अमला, अलैची, असुरो, ज्वानो, मेथीका बारेमा पढाइ हुने (पुस्तकसहित)


काठमाडौं—सरकारले कक्षा ८, ९ र १० मा पढ्ने विद्यार्थीहरुलाई अतिरिक्त क्रियाकलापको रुपमा अध्ययन गराउनका लागि पुस्तक ल्याइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गतको आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागले पुस्तक तयार पारेको हो ।

विगत दुई वर्षदेखि विभागले विद्यालयस्तरमा आयुर्वेद तथा योग कक्षा संचालन गरिरहेको थियो । तर, सबै विद्यालयमा एकरुपता नभएपछि पुस्तक तयार गरिएको विभागका महानिर्देशक डा. वासुदेव उपाध्यायले बताए । विद्यालय आयुर्वेद तथा योग शिक्षा कार्यक्रम पुस्तकको नाम दिइएको छ ।

डा. उपाध्यायका अनुसार पुस्तकलाई तीन भाग र १९ शीर्षक विषयमा बाँडिएको छ । जसमा पहिलो खण्डमा आयुर्वेद तथा आयुर्वेदीय स्वास्थ्य जीवनशैली, दोख्रो खण्डमा योग आशन तथा प्रणायाम र तेस्रो खण्डमा भान्सा तथा घरवरीपरीका औषधीय जडिबुटी सम्बन्धी सामान्य जानकारी राखिएको छ ।

‘अतिरिक्त कार्यक्रमअनुसार अध्ययन—अध्यापनको लागि कक्षा ८, ९ र १० का विद्यार्थीलाई मध्यनजर गरी यो पुस्तक ल्याइएको हो,’ डा. उपाध्ययले भने, ‘एक वर्षको लागि १९ वटा पाठ तय गरिएको छ । जसले विद्यार्थीहरुमा योग तथा आयुर्वेदको विषयमा धेरै ज्ञान पुग्नेछ ।’ सरकारको ‘स्वस्थ्य नेपाली, सुन्दर नेपाल’ नाराअनुरुप विद्यालयमा आयुर्वेद तथा योग शिक्षा सुरु भएको हो ।

‘बालबालिकामा ‘मेरो स्वास्थ्य मेरो जिम्मेवारी’को अनुभूति गराउन सकेमा स्वस्थ, सक्षम र अनुशासित र उत्पादनशील नागरिक तयार गर्न सकिन्छ,’ उनले भने, ‘त्यसका लागि बालबालिकालाई आयुर्वेद र योगको माध्यमबाट स्वस्थ्य जीवनशैलीका बारेमा व्यवहारिक ज्ञान प्रदान गर्नुपर्छ ।’

सरकारले आयुर्वेद कार्यालय र अस्पताल रहेका स्थानीय तहमा यो कार्यक्रम गरिरहेको छ । अब विद्यालय नर्स रहेका विद्यालयमा पनि यो कार्यक्रम अगाडि बढाइएको डा. उपाध्ययले जानकारी दिए । उनकाअनुसार स्कुल नर्सलाई पनि यस सम्बन्धी तालिम दिइनेछ भने विद्यालयका शिक्षक तथा अगुवा विद्यार्थीलाई पनि प्रशिक्षण तालिम दिइनेछ ।

पाठ्यपुस्तकमा आयुर्वेदतर्फ परिचय, जीवनशैली, ऋतुचर्या, दिनचर्या र रात्रीचर्याको विषयमा अध्ययन हुनेछ । योगतर्फ परिचय तथा महत्व, सुर्य नमस्कार, अनुलोम विलोम र कपालभाती प्रणायाम, भ्रामरी र ध्यान, त्रिकोणाशन र परिवृत्त त्रिकोणाशन, बक्रासन र उष्ट्रासन, मण्डुकासन र सेतुबन्धासन, नौकासन र मर्कटासन, शलभासन र धनुरासन तथा सर्वाङ्गासन र शवासन रहेका छन् ।

भान्सा तथा घर वरीपरीका औषधीय जडिबुटी सम्बन्धी सामान्य जानकारीमा अदुवा, अमला, अलैची, असुरो, कागती, कुरिलो, ज्वानो, मेथी, वेसार, तुलसी, निम, ध्युकुमारी, गुर्जो, घोडटाप्रे र लसुनका बारेमा अध्ययन गराइनेछ ।

पुस्तक


क्याटेगोरी : वैकल्पिक चिकित्सा, समाचार
ट्याग : #आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभाग, #डा. वासुदेव उपाध्याय, #विद्यालय आयुर्वेद तथा योग शिक्षा कार्यक्रम, #स्वास्थ्य तथा जनसंख्या मन्त्रालय


तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ