२०७८ असोज ३, आईतबार
Health Aawaj logo
गृहपृष्ठसमाचारदेशभर थप २२१२ जनामा कोभिड-१९ पुष्टि, ३३को मृत्यु

देशभर थप २२१२ जनामा कोभिड-१९ पुष्टि, ३३को मृत्यु


काठमाडौँ – थप २ हजार २ सय १२ जनामा कोभिड-१९ पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप २ हजार २ सय १२ जनामा कोभिड-१९ पुष्टि भएको हो ।

यस्तै, पछिल्लो २४ घण्टामा थप १ हजार ८ सय ६७ जना संक्रमित निको भएका छन् भने थप ३३ जना संक्रमितको निधन भएको छ । यससँगै नेपालमा संक्रमणबाट ज्यान गुमाउनेको संख्या १० हजार २ सय ९२ पुगेको छ ।

आइतबार सक्रिय संक्रमितको संख्या ३९ हजार २ सय ९८ रहेको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ

जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)