२०८१ वैशाख ७, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारप्रधानमन्त्री देउवाले साँझ ५ बजे डा. केसीसँग वार्ता गर्ने

प्रधानमन्त्री देउवाले साँझ ५ बजे डा. केसीसँग वार्ता गर्ने


काठमाडौँ –  प्रधानमन्त्री शेर बहादुर देउवाले विभिन्न माग राख्दै अनशनको चेतावनी दिएका डा. गोविन्द केसीसँग वार्ता गर्ने भएका छन्  । बालुवाटार स्रोतका अनुसार प्रधानमन्त्री देउवाले डा. केसीलाई वार्ताका लागि मंगलबार साँझ बालुवाटार बोलाएका हुन ।

‘मंगलबार साँझ ५ बजे प्रधानमन्त्री देउवाले डा. केसीलाई बालुवाटार बोलाउनु भएको छ, ‘बालुवाटार स्रोतले भन्यो, ‘उनका मागबारे प्रधानमन्त्री स्वयमले वार्ता गर्नु हुनेछ । डा. केसीले विभिन्न मागहरु राख्दै ३ भदौंसम्म पूरा गर्न अल्टिमेटम दिएका छन् ।’

डा. केसीले विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका पधिकारी वर्खास्त गर्नुपर्ने, स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठलाई हटाउनुपर्ने, चिकित्सा शिक्षा गैरनाफामुलक हुनु पर्ने र यसअघि आफूसँग भएका सम्झौताहरु कार्यावन्यन हुनु पर्ने समेत माग राखेका छन् ।

प्रधानमन्त्री देउवाले स्वास्थ्य मन्त्रालय पनि आफैसँग राखेका छन् । देउवासँग वार्ता गर्न डा. केसी आफ्नो टिमसहित बालुवाटार जाने भएका छन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ