२०७८ असोज १, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारदेशभर थप ३२७४ जनामा कोभिड-१९ पुष्टि, २७को मृत्यु

देशभर थप ३२७४ जनामा कोभिड-१९ पुष्टि, २७को मृत्यु


काठमाडौँ – थप ३ हजार २ सय ७४ जनामा कोभिड-१९ पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप थप ३ हजार २ सय ७४ जनामा कोभिड-१९ पुष्टि भएको हो ।

यस्तै, पछिल्लो २४ घण्टामा थप १ हजार ९ सय २९ जना संक्रमित निको भएका छन् भने थप २७ जना संक्रमितको निधन भएको छ ।

यससँगै नेपालमा संक्रमणबाट ज्यान गुमाउनेको संख्या १० हजार ३ सय ५४ पुगेको छ । पछिल्लो समय नेपालमा कोभिड संक्रमण र मृत्युदर बढ्दो क्रममा छ।

मंगलबारमात्रै सक्रिय संक्रमितको संख्या ३९ हजार ८ सय ७१ रहेको छ । यस्तै, हालसम्म १ लाख ४४  हजार ५ सय २८  जना नागरिकले कोभिड खोप लगाइसकेका छन्।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ

जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)