२०८० चैत्र १६, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारकोभिड-१९ संक्रमण बढ्दैं, आईसीयुमा ७७० र भेन्टिलेटरमा १८६ जनाको उपचार हुँदैं

कोभिड-१९ संक्रमण बढ्दैं, आईसीयुमा ७७० र भेन्टिलेटरमा १८६ जनाको उपचार हुँदैं


काठमाडौं—लकडाउन खुकुलो बनेसँगै कोभिड(१९ को संक्रमण बढ्न थालेको छ । पछिल्लो समय अस्पतालमा कोभिड-१९ का बिरामीहरु बढ्न थालेका छन् ।

स्वास्थ्य मन्त्रालयको बुधबारसम्मको तथ्यांकअनुसार हाल ७७० जना कोभिड संक्रमितको आईसीयुमा उपचार भइरहेको छ । यस्तै, १८६ जना कोभिड १९ संक्रमितको भेन्टिलेटरमा उपचार जारी छ ।

आईसीयुमा प्रदेश नंं १ मा १३१ जना, प्रदेश नं. २ मा ४ जना, बागमती प्रदेशमा ४८६ जना, गण्डकी प्रदेशमा ७४ जना, लुम्बिनी प्रदेशमा ६२ जना, कर्णाली प्रदेशमा ५ जना र सुदूरपश्चिम प्रदेशमा ८ जनाको उपचार हुँदैंछ ।

यसैगरी, भेन्टिलेटरमा प्रदेश नं. १ मा ४८ जना, बागमती प्रदेशमा १२० जना, गण्डकी प्रदेशमा ७ जना, लुम्बिनी प्रदेशमा ८ जना र सुदूरपश्चिम प्रदेशमा ३ जनाको उपचार भइरहेको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ