२०७८ असोज ४, सोमबार
Health Aawaj logo
गृहपृष्ठसमाचारकोभिड-१९ संक्रमणबाट ३३ जनाको मृत्यु, ३ हजार ७५ जना नयाँ संक्रमित थपिए

कोभिड-१९ संक्रमणबाट ३३ जनाको मृत्यु, ३ हजार ७५ जना नयाँ संक्रमित थपिए


काठमाडौं-कोभिड-१९ को संक्रमणबाट थप ३३ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा थप ३३ जनाले कोभिड-१९ संक्रमणबाट ज्यान गुमाएका हुन् ।

यससँगै अहिलेसम्म नेपालमा कोभिड-१९ बाट मृत्यु हुनेको संख्या १० हजार ४ सय २९ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा ३ हजार ७५ जना नयाँ संक्रमित थपिएका छन् । यससँगै नेपालमा अहिलेसम्म कोभिड-१९ बाट संक्रमित हुनेको संख्या ७ लाख ४२ हजार २ सय २८ पुगेको छ ।

पछिल्लो २४ घण्टामा कोभिड-१९ संक्रमणबाट मुक्त हुनेको संख्या २ हजार १ सय २६ जना रहेको छ । यससँगै अहिलेसम्म कोभिड-१९ संक्रमणमुक्त हुनेको संख्या ६ लाख ९१ हजार २ सय ९९ पुगेको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ

जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)