२०७८ असोज ४, सोमबार
Health Aawaj logo
गृहपृष्ठसमाचारनेपालमा २०७५ नयाँ कोभिड-१९ संक्रमित थपिए, ३० जनाको मृत्यु

नेपालमा २०७५ नयाँ कोभिड-१९ संक्रमित थपिए, ३० जनाको मृत्यु


काठमाडौं—नेपालमा थप २ हजार ७५ जनामा कोभिड-१९ को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा २ हजार ७५ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको हो ।

यससँगै नेपालमा अहिलेसम्म कोभिड-१९ बाट संक्रमित हुनेहरुको संख्या ७ लाख ४५ हजार ७ सय ३१ पुगेको छ । सक्रिय संक्रमितको संख्या ३९ हजार ३ सय २१ रहेको छ ।

पछिल्लो २४ घण्टामा २ हजार ३ सय ८२ जना कोभिड-१९ संक्रमित निको भएका छन् । यससँगै नेपालमा कोभिड-१९ संक्रमणमुक्त हुनेको संख्या ६ लाख ९५ हजार ९ सय २५ पुगेको छ ।

मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा ३० जना कोभिड-१९ संक्रमितको मृत्यु भएको छ । यससँगै नेपालमा अहिलेसम्म कोभिड-१९ बाट ज्यान गुमाउनेको संख्या १० हजार ४ सय ८५ पुगेको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ

जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)