२०७८ असोज ५, मंगलबार
Health Aawaj logo
गृहपृष्ठसमाचारदेशभर थपिए १९२० नयाँ संक्रमित, २४को मृत्यु

देशभर थपिए १९२० नयाँ संक्रमित, २४को मृत्यु


काठमाडौं—नेपालमा थप १ हजार ९ सय २० जनामा कोभिड-१९ को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा १ हजार ९ सय २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको हो ।

 सक्रिय संक्रमितको संख्या ३८ हजार ७ सय ५१ रहेको छ ।

पछिल्लो २४ घण्टामा २ हजार २ सय ४८ जना कोभिड-१९ संक्रमित निको भएका छन् । यससँगै नेपालमा कोभिड-१९ संक्रमणमुक्त हुनेको संख्या ६ लाख ९८ हजार १ सय ७३ पुगेको छ ।

मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा २४ जना कोभिड-१९ संक्रमितको मृत्यु भएको छ । यससँगै नेपालमा अहिलेसम्म कोभिड-१९ बाट ज्यान गुमाउनेको संख्या १० हजार ५ सय ९ पुगेको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ

जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)