२०७८ असोज १, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारजापानबाट आइपुग्यो ५ लाख कोभिड-१९ खोप

जापानबाट आइपुग्यो ५ लाख कोभिड-१९ खोप


काठमाडौं- जापानले अनुदानमा दिएको ५ लाख एस्ट्राजेनेकाको खोप नेपाल आइपुगेको छ। सोमबार बिहान ९:४५ बजे ५ लाख ५९ हजार ३६० डोज खोप नेपाल आइपुगेको हो।

काठमाडौं विमानस्थलमा जापानी र कोभ्यास अधिकारीहरुले स्वास्थ्य मन्त्रालयका अधिकारीलाई उक्त खोप हस्तान्तरण गरेका छन्  ।

जापानले नेपाललाई १६ लाख डोज एस्ट्राजेनेका खोप कोभ्याक्स सुविधा मार्फत उपलब्ध गराएको थियो। जसमा दुई चरण गरी ११ लाख डोज पहिले नै आइसकेको छ।

अन्तिम चरणको खोप प्रदेश १ र २ मा कोभिसिल्डको पहिलो मात्रा लगाएका नागरिकलाई दिइने बताइएको छ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ

जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)