२०८० चैत्र १५, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचारनेपालमा थप १८०१ जनामा कोभिड-१९ संक्रमण पुष्टि, २४ जनाको मृत्यु

नेपालमा थप १८०१ जनामा कोभिड-१९ संक्रमण पुष्टि, २४ जनाको मृत्यु


काठमाडौं—नेपालमा थप १ हजार ८ सय १ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा थप १ हजार ८ सय १ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको हो ।

यससँगै नेपालमा अहिलेसम्म कोभिड-१९ संक्रमित हुनेको संख्या ७ लाख ४८ हजार ९८१ पुगेको छ ।

पछिल्लो २४ घण्टामा १ हजार ९ सय २४ जनाले कोभिड-१९ को संक्रमण जितेका छन् । यससँगै नेपालमा अहिलेसम्म कोभिड-१९ संक्रमणमुक्त हुनेको संख्या ९ लाख ९७ पुगेको छ ।

मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा कोभिड-१९ को संक्रमणबाट २४ जनाको मृत्यु भएको छ । यससँगै नेपालमा अहिलेसम्म कोभिड-१९ बाट मृत्यु हुनेको संख्या १ हजार ५ सय ३३ पुगेको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ