२०८१ वैशाख १३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचारभेरोसेलको दोस्रो मात्रा शुक्रबारबाट दिइने

भेरोसेलको दोस्रो मात्रा शुक्रबारबाट दिइने


काठमाडौं – काठमाडौं जिल्लामा ११ भदौं गतेदेखि भेरोसेल खोपको दोस्रो मात्रा दिइने भएको छ। स्वास्थ्य कार्यालय काठमाडौँले बुधबार सूचना जारी गरी भेरोसेलको दोस्रो मात्रा लगाउन बाँकी रहेकाहरुलाई बुधबारदेखि ३ दिनसम्म खोप दिइने  जनाएको हो।

पहिलो मात्रा लगाएका ५० वर्षभन्दा माथि उमेर समुहका नागरिक, विश्व विद्यालय र विद्यालयका प्राध्यापक, शिक्षक र कर्मचारी, सार्वजनिक यातायातका चालक, सहचालक, नेपाल सरकारले तोकेको अत्यावश्क सेवामा कार्यरत व्यक्तिहरु, खोप अनिवार्य गरिएका देशका देशमा जाने नेपाली नागरिक र यस अघि भेरोसेलको दोस्रो मात्रा लगाउन छुटेका नागरिकलाई दोस्रो मात्रा खोप दिन लागिएको हो।

स्वास्थ्य कार्यालयले उक्त अभियानको अवधिमा भेरोसेलको पहिलो मात्रा खोप कसैलाई पनि नदिन आग्रह गरेको छ। खोप लगाउन जाँदा पहिलो मात्रा खोप लगाएको खोपकार्ड र विद्युतीय दर्ता गरेको प्रिन्ट वा फोटो सहितको नम्बर लिएर जानुपर्ने सूचनामा उल्लेख छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ