२०७८ असोज १२, मंगलबार
Health Aawaj logo
गृहपृष्ठसमाचारकोभिड अपडेट : २४३३मा संक्रमण पुष्टि, २६को मृत्यु

कोभिड अपडेट : २४३३मा संक्रमण पुष्टि, २६को मृत्यु


काठमाडौं—नेपालमा थप २ हजार ४ सय ३३ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा थप २ हजार ४ सय ३३ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको हो ।

यस्तै, पछिल्लो २४ घण्टामा १ हजार ९ सय २९ जनाले कोभिड-१९ को संक्रमण जितेका छन् । यससँगै नेपालमा अहिलेसम्म कोभिड-१९ संक्रमणमुक्त हुनेको संख्या ७ लाख ५ हजार ८ सय ९३  पुगेको छ ।

मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा कोभिड-१९ को संक्रमणबाट २६ जनाको मृत्यु भएको छ । यससँगै नेपालमा अहिलेसम्म कोभिड-१९ बाट मृत्यु हुनेको संख्या १० हजार ६ सय ३८ पुगेको छ ।

बिहिबार सक्रिय संक्रमितको संख्या ३८ हजार ३ सय ८४ रहेको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ

जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)