२०८१ वैशाख १३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचारकोभिड अपडेट – थप २०६५मा संक्रमण पुष्टि, २५को मृत्यु

कोभिड अपडेट – थप २०६५मा संक्रमण पुष्टि, २५को मृत्यु


काठमाडौं—नेपालमा थप २ हजार ६५ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा थप २ हजार ६५ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको हो ।

यस्तै, पछिल्लो २४ घण्टामा २ हजार ३ सय ३७ जनाले कोभिड-१९ को संक्रमण जितेका छन् । यससँगै नेपालमा अहिलेसम्म कोभिड-१९ संक्रमणमुक्त हुनेको संख्या ७ लाख ८ हजार २ सय ३० पुगेको छ ।

मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा कोभिड-१९ को संक्रमणबाट २५ जनाको मृत्यु भएको छ । यससँगै नेपालमा अहिलेसम्म कोभिड-१९ बाट मृत्यु हुनेको संख्या १० हजार ६ सय ६३ पुगेको छ ।

शुक्रबार सक्रिय संक्रमितको संख्या ३७ हजार ५ सय ९९ रहेको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ