२०८० असोज ७, आईतबार
Health Aawaj logo
गृहपृष्ठसमाचारप्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार डा. सन्दुक रुइतलाई

प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार डा. सन्दुक रुइतलाई


काठमाडौं—सरकारले प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार बरिष्ठ आँखा रोग विशेषज्ञ डा. सन्दुक रुइतलाई दिने निर्णय गरेको छ ।

बिहीबार मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटाले उक्त जानकारी दिएका छन् । उक्त पुरस्कारको राशि रु ५ लाख रुपैयाँ रहेको छ ।

एक लाखभन्दा बढी मोतियाबिन्दुका विरामीको आँखाको ज्योति फर्काएका ६४ वर्षीया बरिष्ठ आँखा रोग विशेषज्ञ डा. रुइत सुदूरपूर्वको हिमाली गाउँ ओलाङचुङ गोलामा जन्मिएका हुन् ।

सस्तो मुल्यमा गुणस्तरीय आइओएल लेन्स ७० भन्दा बढी देशहरुमा पु¥याएर मोतिविन्दुबाट हुने अन्धोपना निवारणका लागि अतुलनीय भूमिका निभाएका डा. रुइत नेतृत्वको तिलगंगा आँखा प्रतिष्ठानलाई विश्वकै नमुना मोडल मानिन्छ ।

मोतिविन्दुले ज्योति गुमाएका मानिसका लागि सस्तोमा लेन्स (इन्ट्रा अकूलर लेन्स ‘आइओएल’) उपलब्ध गराएर ज्योति फर्काउने कार्यका लागि विश्वमा प्रसिद्धी कमाएका यी चिकित्सकले यसअघि पनि विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मान प्राप्त गरिसकेका छन् ।

उनले एसियाको नोबेल मानिने मेगासेसे, थाइल्याण्डको सबैभन्दा सम्मानित प्रिन्स महिदुल अवार्ड, अल्वर्ट आइन्स्टाइन फाउण्डेसनले प्रदान गर्ने ग्लोबल भिजनरी अवार्ड, वल्र्ड इकोनोमिक फोरमले दिने सोसल इन्टरपिनरसीप अवार्ड, भूटानको नेशनल अवार्ड भने उनी सम्झन्छन् । यस्तै, डा. रुइतले भारतको प्रतिष्ठित पद्यश्री सम्मान समेत पाएका थिए ।

साथै, सरकारले योगमाया आरोग्यको स्वास्थ्य विज्ञान प्रतिष्ठान विद्येयक मस्यौदा संघीय संसदमा पेश गर्न स्वीकृती समेत प्रदान गरेको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ