२०८१ वैशाख ११, मंगलबार
Health Aawaj logo
गृहपृष्ठसमाचार‘वरिष्ठताका आधारमा मेसु नियुक्त गर्नुहोस, हामी अपमानित भयौं’

‘वरिष्ठताका आधारमा मेसु नियुक्त गर्नुहोस, हामी अपमानित भयौं’


काठमाडौं- राष्ट्रिय ट्रमा सेन्टरका ११औं तहका चिकित्सकहरुले वरिष्ठताका आधारमा मेडिकल सुपरीडेन्ट (मेसु) नियुक्त गर्न सरकारलाई आग्रह गरेका छन्। अस्पतालमा ११ औं तहका चिकित्सक हुँदा हुँदै १० औं तहकालाई मेसुमा नियुक्त गर्नु उपयुक्त नभएको भन्दै वरिष्ठताका आधारमा नियुक्त गर्ने उनीहरुले आग्रह गरेका हुन ।

उनीहरुले आइतबार वरिष्ठताका आधारमा मेडिकल सुपरीडेन्टको जिम्मेवारी दिन आग्रह गर्दै प्रधानमन्त्री शेरबहादुर देउवा, राज्यमन्त्री उमेश श्रेष्ठ र स्वास्थ्य सचिव डा रोशन पोखरेललाई पत्र बुझाएका छन्।

सरकारले १०औं तहका चिकित्सकलाई दिएको सो जिम्मेवारीले ११औं तहको दरबन्दी भएको ठाउँमा काम गरिरहेका चिकित्सकहरु अपमानित भएको बताइएको छ। ‘११औं तहको दरबन्दी भएको ठाउँमा लामो समयदेखि सबैभन्दा कनिष्ठलाई कार्यालय प्रमुख बनाउँदा हामीले आफू अपमानित भएको र सरकारले गरेको बढुवा प्रणाली पनि औचित्यहिन भएको महशुस गरेका छौं,’उनीहरुले भने।

‘हामी देहायकका चिकित्सकहरु ट्रमा सेन्टरमा कार्यरत छौं तर, हामी भन्दा धेरै कनिष्ठ १०औं तहका चिकित्सकलाई कार्यालय प्रुमुखको जिम्मेवारी दिइएको छ जसले गर्दा दैनिक कार्यसम्पादनमा कठिनाई भइरहेको जानकारी गराउँदछौं,’पत्रमा उल्लेख छ।

आगामी दिनमा पहुँचको आधारमा गरिने गलत परम्पराको अन्त्य गरी कार्यदक्षता र वरिष्ठताको आधारमा प्रचलित स्वास्थ्य ऐन तथा नियमावली अनुसार जिम्मेवारी दिन परिपाटीको सुरुवात गर्न उनीहरुले अनुरोध गरेका छन्।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ