२०८१ वैशाख १३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचारस्वास्थ्यका ८ उच्च अधिकारीहरुको सरूवा

स्वास्थ्यका ८ उच्च अधिकारीहरुको सरूवा


काठमाडौँ -स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गतका उच्च अधिकारीहरुको जिम्मेवारी हेरफेर गरिएको छ । स्वास्थ्य मन्त्रिस्तरीय निर्णय गर्दै सार्क क्षयरोग केन्द्रका निर्देशक डा. विवेक लाल कर्णलाई परिवार कल्याण महाशाखाको निर्देशकमा सरुवा गरिएको छ ।

परिवार कल्याण महाशाखाका निर्देशक डा. तारा पोखरेललाई डा. लालको ठाउमा लगिएको छ ।

त्यसैगरी, क्षयरोग नियन्त्रण केन्द्रका निर्देशक डा. अनुज भट्टचनलाई कर्णाली प्रदेश निर्देशनालयमा पठाइएको छ भने उनको ठाउमा डा. प्रकाश शाहलाई ल्याइएको छ ।

स्वास्थ्य सचिव डा. रोशन पोखरेलका अनुसार भरतपुर अस्पतालको मेडिकल सुपरिटेण्डेन्टमा डा. कृष्ण पौडेललाई नियुक्त गरिएको छ । सो अस्पतालका मेसु डा. रोशन न्यौपानेलाई गजेन्द्र नारायण स्वास्थ्य विज्ञान प्रतिष्ठान अस्पताल सरुवा गरिएको छ ।

परिवार कल्याण महाशाखा अन्र्तगतको खोप शाखा प्रमुख डा. झलक शर्मालाई हटाएर व्यवस्थापन महाशाखाका सागर दाहाललाई ल्याइएको छ । डा. शर्मालाई व्यवस्थापन पठाइएको मन्त्रालयले जनाएको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ