२०७८ असोज १२, मंगलबार
Health Aawaj logo
गृहपृष्ठसमाचारथप २२९५ जनामा कोभिड पुष्टि, १६को मृत्यु

थप २२९५ जनामा कोभिड पुष्टि, १६को मृत्यु


काठमाडौं—नेपालमा थप २ हजार २ सय ९५  जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा थप  २ हजार २ सय ९५  जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको हो ।

त्यस्तै काठमाडौंमा ६६५, भक्तपुरमा १०३ र ललितपुरमा १३८ कोरोना संक्रमित थपिएका छन्।

यस्तै, पछिल्लो २४ घण्टामा १८०८  जनाले कोभिड-१९ को संक्रमण जितेका छन् ।

मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा कोभिड-१९ को संक्रमणबाट १६ जनाको मृत्यु भएको छ । यससँगै हालसम्म १०७३० जनाको मृत्यु भएको छ।

सोमबार देशभर ३५८७४ सक्रिय संक्रमित रहेका छन्।

 

 


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ

जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)