२०८१ वैशाख १३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचारस्वास्थ्य राज्यमन्त्रीद्धारा तीन समिति गठन

स्वास्थ्य राज्यमन्त्रीद्धारा तीन समिति गठन


काठमाडाैं- स्वास्थ्य राज्य मन्त्री उमेश श्रेष्ठले सोमवार तीनबटा समिति बनाएका छन् । राज्यमन्त्री स्तरीय निर्णय गर्दै उनले प्रमुख विशेषज्ञ डा दिपेन्द्र रमण श्रेष्ठको अध्यक्षतामा डा गोविन्द केसी संग भएका सम्झौता कार्यन्वयन अध्ययन समिति बनाएका छन् ।

सो समितिमा मेडिकल काउन्सिलका अध्यक्ष डा भगवान कोइराला र शिक्षा, कानुन तथा स्वास्थ्य मन्त्रालयका सहसचिव सदस्य तोकिएको छ ।

त्यसैगरी गेटा मेडिकल कलेज सञ्चालन गर्नको लागि योजना आयोगका पुर्व सदस्य चेतराज पन्तको संयोजकत्वमा ११ सदस्य सुझाव समिति गठन गरीएको छ । सुझाव समितिमा डा शेखरबाबु रिजाल, डा जीवन क्षेत्री, डा दिलिप शर्मा, डा मुकुन्द जोशी, डा हरी लम्साल, डा प्रमोद जोशी, डा हेमराज पनेरु, डा पदमबहादुर चन्द र डा सुदेश कायस्थ सदस्य रहेका छन् । साे समितिकाे सदस्य सिचवकाे जिम्मेवारी गुणस्तर मापन महाशाखाका प्रमुख डा मदन उपाध्ययलाइ ताेकिएकाे मन्त्रालयले जनाएकाे छ ।

अस्पतालको सेवा सुचारु गर्दै कोभिड र नन कोभिड सेवा प्रभावकारी बनाउन भन्दै प्रमुख विशेषज्ञ डा श्रेष्ठकै नेतृत्वमा १५ सदस्य अर्को समिति गठन गरीएको मन्त्रालयले जनाएको छ ।

समिती सदस्यहरूमा डा जनक कोइराला, डा अनुप सुवेदी, डा अनुप बास्तोला, डा विराज कर्माचार्य, डा शेरबहादुर पुन, डा मेघनाथ धिमाल रहेका छन् । त्यसैगरी डा सुमित अग्रवाल, डा विश्वकुमार श्रेष्ठ, डा अशिष श्रेष्ठ, डा अशेष ढुंगाना, डा अनिल पोखरेल, डा रेखा मानन्धर सदस्य छन्।

समितिमा नेपाल चिकित्सक संघ र नेपाल मेडिकल काउन्सिलका प्रतिनिधि पदेन सदस्य रहने भिनएकाे छ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ