२०८१ वैशाख ७, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारको हुन् नेपालले डब्लुएचओकाे क्षेत्रीय निर्देशकमा मनाेनयन गर्न लागेका डा. आचार्य ?

को हुन् नेपालले डब्लुएचओकाे क्षेत्रीय निर्देशकमा मनाेनयन गर्न लागेका डा. आचार्य ?


काठमाडाैं – सरकारले विश्व स्वास्थ्य संगठनको दक्षिण पूर्वी एसियाको क्षेत्रीय निर्देशककोलागि नेपालकोतर्फबाट उम्मेद्वारी  मनोनयन गर्ने भएको छ । सरकारले सो पदको लागि विश्वस्वास्थ्य संगठनमा ३० वर्ष देखि काम गर्दै आएका कपिलबस्तु बाडगंगा नगरपालिकाका डाक्टर शम्भु प्रसाद आचार्यलाई मनोनयन गर्ने निर्णय गरेको कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

सन् १९९२ देखि  विश्व स्वास्थ्य संगठनमा आवद्ध भएर काम गरिरहेका डा. आचार्य २०१६ बाट डब्लुएचओको मुख्यालयमा निर्देशकको रुपमा कार्यरत छन् । उनी विश्व स्वास्थ्य संगठनको माथिल्लो तहमा पुग्ने पहिलो नेपाली पनि हुन् । हाल विश्व स्वास्थ्य संगठको संयुक्त राष्ट्रसंघका सदस्य राष्ट्रहरुसँगको सहकार्य र सहयोग प्रणाली विभागको निर्देशकको रुपमा काम गरिरहेका छन् ।

डा. आचार्यले अमेरिकाको नर्थ क्यारालोनको गिलिंग्स स्कुल अफ ग्लोवल हेल्थ अफ युनिमर्सिटीबाट स्वास्थ्य निति र व्यवस्थापनमा पिएचडी गरेका छन् । डा. आचार्य १९८५देखि  स्वास्थ्य क्षेत्रमा सक्रिय रहेकाे उनकाे वायाेमा उल्लेख छ । विश्व स्वास्थ्य प्रणाली, सुरक्षीत मातृत्व, महामारी, जनस्वास्थ्यका ज्ञाता मानिन्छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गत वैशाखमा नै डा. आचार्यलाई क्षेत्रीय निर्देशकको लागि मनोनयन गर्ने प्रस्ताव मन्त्रि परिषद लगेको थियो । तर, तत्कालीन सरकारले सो प्रस्तावलाई निर्णय नगरीदिँदा नेपालले उम्मेद्वारी  दिने विषयमा ढिलो भएको मन्त्रालयका पुर्व प्रमुख विशेषज्ञ महेन्द्र प्रसाद श्रेष्ठ बताउछन् । ‘स्वास्थ्य मन्त्रालयले गत वैशाखमा नै सो प्रस्ताव क्याविनेट लगेको थियो,’ उनले भने, ‘क्याविनेटबाट चाडै निर्णय भएको भए राम्रो हुन्थ्यो ।’

नेपालबाट हालसम्म सो पदमा नपुगेको कारण यसपटक नेपालको दावेदारी स्वभाविक भएको र निर्विरोध बनाउन सरकारले सेराेका सबै देशसँग कुटनितिक लविङ्ग गर्नुपर्ने श्रेष्ठ बताउछन् । ‘हामीले अहिले सम्म नपाएको अवसर हो, राज्यको माथिल्लो तहबाटै लविङ्ग हुनुपर्छ,’ उनले भने, ‘केही अघि सरकारले निर्णय गरेर मनोनयन गरेको भए निर्विरोध हुने या सहज जित्ने सम्भावना बलियो  हुन्थ्यो ।’

विश्व स्वास्थ्य संगठनको दक्षिण पूर्वी एसिया क्षेत्रमा ११ बटा देश पदर्छन् । जसमा नेपाल, भारत, भूटान, श्रीलंका, मालदिव्स, म्यानमार, थाइल्याण्ड, बंगलादेश, उत्तर कोरिया, इन्डोनेसीया र टिमोर लिस्टमा पदर्छन् । सर्वसम्मती रूपमा नचुनिए क्षेत्रीय  निर्देशककाेलागी सबै सेराेअन्तर्गतका सबै  देशहरूले मतदान गर्नेछन् ।

अहिले दक्षिण पुर्वी एसिया निर्देशकमा भारती पुनम क्षेत्रपाल रहेकी छन् । उनी दोस्रो कार्यकाल क्षेत्रीय निर्देशकको रुपमा काम गरिरहेकी छन् । सन् २०१४ मा पहिलोपटक निर्विरोध भएकी उनी २०१८ मा पनि निर्विरोध भएकी हुन् । चार वर्षे समायावधी रहेकाे नयाँ क्षेत्रीय नर्देशककाे लागि  २०२२ मा निर्वाचन हुदैछ । यसअघि नेपालबाट डा. रिता थापा र डा. सुनिती आचार्यले सो पदका लागि उम्मेद्वारी दिएपनि निर्वाचनबाट हारेका थिए ।


क्याटेगोरी : समाचार
ट्याग : #डा रीता थापा, #डाक्टर शम्भु प्रसाद आचार्य, #महेन्द्र प्रसाद श्रेष्ठ, #विश्व स्वास्थ्य संगठन, #सुनिती आचार्य, #स्वास्थ्य तथा जनसंख्या मन्त्रालय


तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ