२०८३ असोज २३, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठ ∕ समाचार ∕ साढे ४६ लाखभन्दा बढी नागरिकले पाए पूर्ण खोप

साढे ४६ लाखभन्दा बढी नागरिकले पाए पूर्ण खोप


काठमाडौँ – हालसम्म नेपालमा ४६ लाख ६७ हजार ३ सय २८ जनाले पूर्ण रूपमा खोप लगाएका छन्। बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा. झलक शर्मा गौतमका अनुसार नेपालमा १५ प्रतिशत बढी अर्थात ४६ लाख ६७ हजार ३ सय २८ जनाले पूर्ण रूपमा खोप प्राप्त गरेका छन् ।

उनका अनुसार ५४ लाख २४ हजार ८ सय ३६ अर्थात १८प्रतिशत नागरिकले खोप लगाएका छन्। नेपालमा हाल भेरोसेल, जोन्सन एन्ड जोन्सन र कोभिशिल्ड खोप गरेर १ करोड ९२ हजार १ सय ६४ खोप लगाइसकिएको छ।

सरकारले पहिलो चरणमा कोरोना उपचारमा खटिएका चिकित्सक,नर्स, सरसफाईकर्मी, सुरक्षाकर्मी,पत्रकार,यातायात चालक, बैङ्क, कूटनीतिक नियोग लगायतमा कामलाई प्राथमिकतामा राखेर खोप दिन सुरु गरेको थियो।

त्यसैगरी ५० वर्षभन्दा माथिका नागरिक, बैंक, सार्वजनिक यातायातका चालक, सहचालक, विभिन्न विश्वविद्यालयका परीक्षामा सामेल हुने विद्यार्थीहरु, पत्रकार, विभिन्न कारणले वैदेशिक यात्रामा जाने व्यक्ति, शरणार्थीलगायतले खोप पाइसकेका छन्।

नेपालमा गतवर्ष माघ १४ गतेदेखि कोरोना विरुद्धको खोप लगाउन सुरु गरिएको थियो ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ