२०८० चैत्र १५, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचारके खुल्ने भए काठमाडौंका विद्यालय ?

के खुल्ने भए काठमाडौंका विद्यालय ?


काठमाडौं – काठमाडौंमा स्थानीय तहले कोभिड-१९ संकट व्यवस्थापन केन्द्र(डीसीसीएमसी)सँग समन्वय गरी विद्यालयहरु सञ्चालन गर्न पाउने भएका छन् ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले बुधबार सूचना जारी गरी सकेसम्म शैक्षिक संस्थामा भौतिक उपस्थिति नगराउन र गर्ने  परेको खण्डमा स्थानीय तहले  डीसीसीएमसीसँग समन्वय गरी विद्यालय खोल्न पाइने बताएको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको स्मार्ट लकडाउनको प्रोटोकललाई पालना गरेर चाडपर्वहरु न्यूनतम उपस्थितिमा सांकेतिक रुपमा मनाउन पाइने छ। भिडभाड हुने सभासम्मेलन, जुलुस लगायतका गतिविधिहरु भने  सञ्चालन गर्न पाइने छैन ।

यस्तै, सार्वजनिक तथा निजी निर्माण कार्यको लागि निर्माण सामग्री ढुवानीको लागि भने बेलुका ९ बजेदेखि बिहान ५ बजेसम्म संचालन गर्न पाउने छन्। पसल, रेष्टुरेन्ट, होटल लगायत व्यवसायहरू भीडभाड नगरी सञ्चालन गर्न पाइने भएको छ।

संक्रमणलाई नियन्त्रण गर्न स्वास्थ्यका मापदण्ड पूर्ण रुपले पालना गर्न कार्यालयले अनुरोध गरेको छ।

सूचना :


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ