२०८१ वैशाख १४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारचितवन मेडिकल कलेजमा एमबीबीएस अन्तिम वर्षमा अध्ययनरत विद्यार्थी दुई सातादेखि वेपत्ता

चितवन मेडिकल कलेजमा एमबीबीएस अन्तिम वर्षमा अध्ययनरत विद्यार्थी दुई सातादेखि वेपत्ता


काठमाडौं—चितवन मेडिकल कलेजमा एमबीबीएस अध्ययनरत एक जना विद्यार्थी दुई सातादेखि वेपत्ता रहेका छन् । एमबीबीएस अन्तिम वर्षमा अध्ययनरत २७ वर्षीय प्रवीण बस्नेत २ भदौदेखि हराइरहेका हुन् ।

कलेज नजिकै डेरा गरी बस्ने उनी साथीसँग चिया खाएर आउँछु भनेर २ भदौंको अपरान्ह डेराबाट निस्किएका थिए । तर, त्यसपछि उनी सम्पर्कमा आएका छैनन् । उनका बुवा जगतबहादुर बस्नेतले सम्पर्कमा नआएपछि ३ भदौंमा चितवन प्रहरीमा खोजबिनका लागि निवेदन दिएको प्रहरीले जनाएको छ ।

चितवन प्रहरीका प्रवक्ता डिएसपी नरहरि अधिकारीले बस्नेतको खोजी जारी रहेको बताए । ‘उहाँ २ भदौदेखि हराइरहनुभएको छ,’ उनले भने, ‘हामीले खोजी जारी राखेका छौ । तर, अहिलेसम्म फेला पार्न सकेका छैनौं ।’

प्रहरीकाअनुसार सुर्खेत स्थायी घर भएका बस्नेत चढ्ने मोटरसाइकल भरतपुर—१ देवघाटस्थित तनहुँ र चितवन जोड्ने झोलुङ्गे पुल नजिकै भेटिएको थियो ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ