२०८१ वैशाख ७, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारएक करोड डोज खोप लगाएकोमा नेपाललाई विश्व स्वास्थ्य संगठनको बधाई

एक करोड डोज खोप लगाएकोमा नेपाललाई विश्व स्वास्थ्य संगठनको बधाई


काठमाडौं–विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)को दक्षिण पूर्वी एसियाली देश हेर्ने क्षेत्रीय निर्देशक डा. पुनम क्षेत्रपालले नेपालले कोभिड—१९ विरुद्ध एक करोड डोज खोप लगाएकोमा बधाई दिएकी छन् ।

उनले एक शुभकामना सन्देशमार्फत छोटो समयमा नै एक करोड डोज खोप लगाउन सकेको र १५ प्रतिशत जनतालाई पूर्ण खोप लगाएकोमा बधाई दिएकी हुन् ।

नेपालमा बुधवारसम्म १ करोड ९२ हजार १ सय ६४ मात्रा खोप लगाइसकेको छ । जसमा ४६ लाख ६७ हजार ३ सय २८ जनाले दुवै डोज पाइसकेका छन् भने ५४ लाख २४ हजार ८ सय ३६ जनाले एक मात्रा लगाएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ