२०८० चैत्र १६, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारनेपालका ‘विश्व ब्राण्ड’ डा. सन्दुक रुइत

नेपालका ‘विश्व ब्राण्ड’ डा. सन्दुक रुइत


काठमाडौ–एक लाखभन्दा बढी मोतियाबिन्दुका विरामीको आँखाको ज्योति फर्काएका बरिष्ठ आ“खा रोग विशेषज्ञ डा. सन्दुक रुइतले अढाइ वर्ष अघि भारत सरकारले दिने पद्यश्री सम्मान पाए । ६३ वर्षीय डा. रुइतले माेतियाविन्दुले ज्योति गुमाएका मानिसका लागि सस्तोमा लेन्स (इन्ट्रा अकूलर लेन्स ‘आइओएल’) उपलब्ध गराएर ज्योति फर्काउने कार्यका लागि विश्वमा प्रसिद्धी कमाएका यी चिकित्सकले पाएको यो पहिलो अन्तर्राष्ट्रिय अवार्ड भने होइन् । यसअघि पनि उनले अन्तर्राष्ट्रियस्तरका धेरै अवार्ड र सम्मानहरु थापिसकेका छन् । उनले थापेका सयौं अवार्ड र सम्मानमध्ये धेरैजसोको नाम त उनका डायरीमा मात्रै छन् ।

एसियाको नोबेल मानिने मेगासेस, थाइल्याण्डको सबैभन्दा सम्मानित प्रिन्स महिदुल अवार्ड, अल्वर्ट आइन्स्टाइन फाउण्डेसनले प्रदान गर्ने ग्लोबल भिजनरी अवार्ड, वल्र्ड इकोनोमिक फोरमले दिने सोसल इन्टरपिनरसीप अवार्ड, भूटानको नेशनल अवार्ड भने उनी सम्झन्छन् ।
प्रसिद्ध नेपाली ब्राण्ड

सस्तो मुल्यमा गुणस्तरीय आइओएल लेन्स ७० भन्दा बढी देशहरुमा पु¥याएर माेतियाविन्दुबाट हुने अन्धोपना निवारणका लागि अतुलनीय भूमिका निभाएका डा. रुइत नेतृत्वको तिलगंगा आ“खा प्रतिष्ठानलाई विश्वकै नमुना मोडल मानिन्छ । सबै बस्तुहरुमा परनिर्भर बनिरहेको नेपालजस्तो तेस्रो विश्वको गरिब देशबाट ४० लाख लेन्स बेलायत, अमेरिका, क्यानडालगायतका पहिलो विश्वका मुलुकका नागरिकलाई उज्यालो संसार दिन सहयोगी हुनु आफैमा गर्वको कुरा हो । १९९७ बाट लेन्स उत्पादन थालेको तिलगंगाले यो बीचमा ४२ लाख बढी लेन्स उत्पादन गरिसकेको छ । सुरुमा दैनिक १५ सय उत्पादन हुँदैं आएको अहिले त्यो बढेर १८ सय पुगेको छ ।

विश्वबजारमा सस्तो र गुणस्तरीय आइओएल लेन्स उत्पादनका लागि ख्यातिप्राप्त तिलगंगा डा. रुइतको ४० वर्षअघिको सपनाको साकार रुप हो । सपना देखेको १४ वर्षपछि ७ जुन १९९४ मा तत्कालीन राजा वीरेन्द्र शाह र प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालाई एउटै मञ्चमा राखेर उनले सपनाको बिउ रोपेका थिए । तर, त्यो बिउमात्रै जुटाउन पनि उनले थुप्रै अप्ठ्यारा र चुनौतीहरु सामना गर्नुप¥यो ।

आखिर रुइतको सपनाको कसरी जन्मिएको थियो त ? यसलाई पुनस्मरण गर्न डा. रुइत ८० को दशकतिर फर्किए । सन् १९७९÷१९८० मा नेपालमा आ“खा सम्बन्धी रोगको एउटा ठूलो सर्भे भएको थियो । त्यतिबेला उनी जुनियर डाक्टरका रुपमा सिनियर डाक्टरहरुको टोलीस“गै सर्वेमा सहभागी भए । ‘त्यस क्रममा मैले मोतियाविन्दुका कारण धेरैले अन्धकारमा जीवन बिताइरहेको थाहा पाए, शल्यक्रिया भइसकेकाहरुमा पनि अन्धोपन निवारणमा कम्पिलीकेसन थियो,’ उनी त्यो बेलाको देशमा विद्यमान मोतियाबिन्दुको उपचार प्रणालीमा देखिएको समस्याबारे भन्छन्, ‘त्यो देखेपछि मेरो मनमा हामीले किन मोतीविन्दुको सेवा विश्वस्तरीय दिन सक्दैनौं भन्ने प्रश्न उब्ज्यो ?’

संयोग नै मान्नुपर्छ नेपालीको मोतियाविन्दु र त्यसको उपचार पद्धतिमा रहेको त्रुटिका विषयमा चिन्तित बनिरहेकै बेला डा. रुइतका लागि भारतको अल इन्ड्यिा इन्सटिच्युट अफ मेडिकल साइन्स (एम्स)मा आ“खा रोग विशेषज्ञताका लागि अवसर मिल्यो । एम्सबाट पिजी गरेर फर्किएपछि नेपालकै डा“डाकाडा“ सुहाउ“दो मोतिविन्दुको उपचार पद्धतिको अनुसन्धानमा लागे । जतिबेला शल्यक्रियामा लेन्स प्रयोग हु“दैनथ्यो, शल्यक्रिया माइक्रोस्कोपीक पनि हुदैनथ्यो । यो १९८६ तिरको कुरा हो । यो प्रविधी नेपालमा कसरी ल्याउने भन्ने ठूलो चुनौती थियो । यसका लागि आवश्यक ठूला—ठूला प्रविधी नेपालमा कसरी भित्र्याउने ? उनी घोत्लिएर सोचिहन्थे । जुन बेला विश्वबजारमा एउटा लेन्सको मात्र एक सय डलर पथ्र्यो । त्यत्रो पैसा तिरेर आ“खामा लेन्स राख्नु नेपालीका लागि प्रायः असम्भवजस्तै थियो । नेपालीलाई सित्तैमा दिनसक्ने अवस्था पनि थिएन ।

यस्तो अवस्था देखेपछि उनी नेपाल सुहाउ“दो उपचार पद्धतिको विकासका लागि रिसर्चमा देशाटन निस्किए । उनको साथमा एउटा माइक्रोस्कप, श्रीमती र बालक छोरा थिए । मेचीदेखि महाकालीसम्म उनले नेपालीपनको उपचार प्रविधीको विकास गर्ने रिसर्च गरे । रिसर्च सकिएपछि जब उनको मनस्थितीमा एउटा आकार बन्यो । त्यो बेला नेपालमा मोतिबिन्दुको उपचार गर्दा ‘टक्क क्याट्रयाक निकाल्ने र मोटो लेन्स हाल्ने चलन थियो । ‘तर, म साथीहरुस“ग आ“खाको एउटा कुनामा पातलो लेन्स हाल्ने प्रविधीको कुरा गर्थे । साथीहरु धेरैले विश्वास गर्दैन थे,’ उनले स्मृती पल्टाए । डा. रुइतस“ग काम गर्ने धेरैलाई यो अमूर्त सपनाजस्तो लाग्थ्यो । त्यो समयमा उनीहरुलाई त्यस्तो लाग्नु स्वभावीक पनि थियो । किनकी रुइतको त्यो सोचाइ ज्यादै महत्वकांक्षी र जोखिमपूर्ण थियो । कतिले त खुलेरै भन्थे—यो ठाउ“मा यति महत्वकांक्षी र अमूर्त कुरा किन गर्ने ? कतिले त यति धेरै महंगो प्रविधीबारेमा सपना नदेख्न पनि उनलाई सुझाएका थिए । यो कुरा लिएर एक टोली त तत्कालीन गिरिजाप्रसाद कोइरालासम्म पनि पुगेको थियो । कुनै एक सन्दर्भम कोइरालाले डा. रुइतलाई उनका विरुद्ध पोल लगाउनेहरुको प्रसंग समेत कोट्याएको सम्झन्छन् । तर, ‘मैले सबैलाई भेला पारेर टेक्नीकल्ली जवाफ दिन र आफ्नो सपनाबारे बुझाउन छाडिन्,’ उनले पुराना किस्सा खोले ।

भनिन्छ, सपना उसैको पूरा हुन्छ, जो सपना पूरा गर्न उत्प्रेरित हुन्छ । डा. रुइतका सन्दर्भमा पनि ठ्याक्कै यही भनाइ लागु हुन्छ । उनी सस्तोमा नेपालीलाई राम्रो आ“खा सेवा दिने सपना देखिरहेका थिए, उनमा त्यो एकदिन पूरा गर्न सक्छु भन्ने अठोट पनि थियो । संयोगजस्तै बनेर आइदिए—उनका अष्ट्रेलियन गुरु डा. फ्रेड हलोज । सन् १९५० फ्रेड विश्व स्वास्थ्य संगठनको तर्फबाट आ“खामा हुने खस्रे (ट्रकोमा) रोगको विशेषज्ञका रुपमा नेपाल आएका थिए । उनको रिसर्च सकिएपछि रुइतका सहयात्री बने । जुन कुरामा रुइतलाई फ्रस्टेसन थियो, फ्रेडले त्यही कुरा ‘एब्जर्र्भ’ गरिदिए । हिजोसम्म एक्लै ठानिरहेका रुइतलाई फ्रेडको लगावले ठूलो उत्साह थप्यो । ‘यो अभियानमा उहा“ यति एब्जर्र्भ हुनुभयो त्यसपछिको पाटनरसिप सन् १९९२ मा उहा“ वितुन्जेलसम्म कायमै रह्यो,’ उनलाई सम्झदैं रुइत भन्छन्, ‘उहा“ बित्नु अगाडि अस्टे«लियन इयर अफ दी अवार्ड गरिएको थियो ।’ फ्रेडले त्यो अवार्डको केही रकम तिलगंगाको जग हाल्नका लागि सहयोग समेत गरे । अफसोच तिलगंगा सेवा दिन सुरु भने जग बनाउन इट्टा लगाउने फ्रेडले हेर्ने पाएनन् । हुन त डा. रुइतस“ग सहकार्य सुरु गर्दा फ्रेड पनि विश्वमा त्यतिबेला पपुलर थिएनन्, जती पछि पपुलर भए ।
तिलगंगा स“गै सन् १९९७ मा भारतको मधुरायमा पनि नेपालकैजस्तो गुणस्तीय लेन्स उत्पादन सुरु भएको थियो । प्रतिफल पाउनका लागि मेहनेतमा कन्जुस्याई नगर्ने डा. रुइत तिलगंगाको सुरुवाती टिमलाई पनि यो महत्वकांक्षी मिसन सफलताको श्रेय बा“डछन् । त्यतिबेलाका बोर्डका सदस्यहरु जगदिस घिमिरे, सुरेश घिमिरे, सुशील पन्त, हरिवंश आचार्यले उनको अभियानलाई दिलैदेखि साथ दिए । ‘राम्रो गर्छुभन्दा राम्रा मानिसहरु पनि जोडिन आइपुग्दा रहेछन्,’ उनले भने ।

जुन दिन तिलगंगाको औपचारिक उद्घाटन भयो त्यो दिनलाई जिन्दगीकै सबैभन्दा खुशीको दिन ठान्छन्, रुइत । तर, २४ वर्षको छोटो अवधिमा नै नेपालजस्तो राजनीतिक अस्थिरता भएको देशमा नमुना संस्था बनाएर विश्वकै ध्यान केन्द्रित होला भन्ने उनले कल्पना गरेका थिएनन् । सुरुवाती दिनहरुमा त उनी धेरै पटक टाउको समाएर घोत्लिन्थे पनि । प्रत्येक पाइलामा संघर्ष भएकाले कति रात त उनी अनिद्रै बसेको मिठो संस्मरण बनिदिन्छ, यतिबेला । अलिकती दौडनासाथ एउटा पछि अर्को झमेला उनले ब्यहोर्नुपथ्र्यो । सबैभन्दा ठूलो समस्या स्रोत जुटाउनु हुन्थ्यो । ‘हामी ६ महिना त अण्डरग्राउण्ड नै भएका थियौ, छ महिना पछि एकै चोटी हामीले देखाइदियौ,’ उनी जोस्सिएका सुनिए ।

टिमवर्कलाई सफलताको सुत्र मान्ने उनी नेपालीमा सामूहिकताको विकास नभएको चिन्तित देखिन्छन् । जुनसुकै कामका लागि टिमवर्क पहिलो शर्त हो । टिमस“ग नेतृत्वले जति गहिराइमा पुगेर दृष्टीकोण बाडफाड गर्न सक्नुहुन्छ त्यति नै सहजताका साथ लक्ष्यको सिढी चढ्न सकिन्छन् भन्ने मान्यता राख्छन्, उनी । ‘तिलगंगा यो अवस्थामा आइपुग्नुको सबैभन्दा ठूलो सुत्र भनेकै टिमवर्क हो,’ उनले तिलगंगा सफलताको कारण खोले, ‘लिडरको भिजनलाई भित्रसम्म नै मनन गर्ने बनाउन सक्नुपर्छ । यसको सटकट छैन ।’ तिलगंगाको विश्वस्तरीय सफलताका पछाडि यसले गुणस्तीयतामा सम्झौता नगर्नु पनि हो । तिलगंगाले उत्पादन गर्ने लेन्स बेलायतको एसजीएस कम्पनीबाट आइओएस सर्टिफाइड छ । ‘आइओएल’मा बेलायतबाट आइओएस मार्क पाउने तिलगंगा दक्षिण एसियाकै तेस्रो हो ।

ड्रिम आइ बैंक

तिलगंगाको अर्को सफल कार्यक्रम भनेको नानी प्रत्यारोपण पनि हो । आइ बैकको कुरा गर्दा उनले एक पुरानो रोचक प्रसंग सम्झिए । भएको के रहेछ भने तत्कालीन राजगुरु अम्बिकाप्रसादको उनले दुवै आ“खाको अप्रेसन गरेका रहेछन् । पछि अम्बिकाप्रसाद विरामी हु“दा वीरमा भर्ना भएछन् । अप्रेसन गर्ने क्रममा भएको चिनजानका नाताले डा. रुइत उनलाई भेट्न वीर पुगे । भेट्नासाथ रुइतको हात समातेर अम्बिकाप्रसादले भने, ‘अरु सबै काम गर्नु तर घाटमा मान्छे पोल्ने बेला आ“खा निकाल्ने काम चाही कहिल्यै नगर्नु है ।’

यसले आँखा दान त्यो बेलाको नेपाली समाजको मनस्थिती कस्तो थियो भन्ने कुराको झलक दिन्छ । तर, रुइत मरेपछि खरानी हुने आ“खा संकलन गरेर अन्धोपना भएकाहरुको संसारमा उज्यालो भर्न चाहन्थे । समाजको संकीर्ण मानसिकताकाबीच खुल्मखुल्ला आ“खा संकलन गर्नु र बैकमा राखेर अर्कोलाई प्रत्यारोपण गर्न उति सजिलो कुरा थिएन । उनले आइ बैक स्थापना गरेरै छाडे । जतिबेला आ“खा संकलन केन्द्र स्थापना भयो, सबैभन्दा पहिले आर्यघाटको एउटा कुनामा नदेखिने सानो साइजको ‘आ“खा दान महादान, एकजनाको बलिदानले दुईजनाको जिन्दगी बन्छ भन्ने’ साइनबोर्ड राखियो । यो समाजको रियाक्स हेर्ने पहिलो रिहर्सल थियो ।

एक हप्तासम्म कुनै प्रतिक्रिया नआएपछि त्यही साइनबोर्ड अलि देख्ने ठाउ“मा राखियो । मानिसहरुले त्यसमा पनि खासै प्रतिक्रिया दिएनन् । विस्तारै—विस्तारै खुल्ला ठाउ“मा ठूलो बोर्ड राखेर प्रचार गर्न थालियो । पहिलो पटक कम्युनिष्ट नेता नेता निर्मल लामाले आ“खा दान गरे । त्यसपछि क्रमसः मनमोहन अधिकारी, जगदीश घिमिरेजस्ता ब्यक्तित्वले आ“खा दान गरे । विस्तारै—विस्तारै यो क्रम बाक्लिदैं गयो । अहिले झण्डै—झण्डै रक्तदानकै अवस्थामा आ“खादान हुन थालेको छ । उनी के ठोकुवा गर्छन् भने अहिलेको अवस्थामा आ“खाको नानी प्रत्यारोपणमा नेपाल सक्षम छ । कसैको भर पर्नुपर्ने अवस्था छैन । तर, सुरुवाती दिनमा विदेशीले क्रिसमस, न्यु इयरजस्ता विशेष अवसरमा दान गरेर पठाएका आ“खाका नानी लिन एयरपोर्टमा कयौं घण्टा कुर्थे । ‘त्यो ल्याएर रातभर अप्रेसन गर्थे,’ कथाझै लाग्ने अनुभव यसरी बा“डछन् ।

डुलुवा डाक्टर
विरामीको उपचार गर्न डा. रुइतका लागि तिलगंगा एउटा माध्यम मात्र हो । आ“खाका विरामी खोज्दैं उनी नपुगेको नेपालको कुनै कुना कन्दरा छैन् । विकट क्षेत्रहरुमा शिविर चलाएर अस्पतालसम्म पुग्न नसकेर अध्यारो जिन्दगी बिताइरहेकालाई उज्यालो दिन्छन्, उनी । नेपालमा मात्रै होइन्, यी डुलुवा डाक्टर एसिया, अफ्रिका र ल्याटिन अमेरिकाका देशहरुमा पनि विरामी खोज्दै भौतारिरहेका हुन्छन् ।
किन यसरी भौतारिरहन्छ्, उनी ? भन्छन्, ‘नेपाली माटोमा यहा“को पाखा पखेराबाट सिकेर तिलगंगामा जुन सिस्टम विकास गरेका छौ । त्यसलाई लिएर नेपालजस्तै कम विकसित देशका नागरिकहरुलाई सस्तोमा ज्योति दिन हिड्छु ।’ तिलगंगाले ‘सस्तो मुल्यमा गुणस्तरीय उपचार’ दिन सकिन्छ भन्ने प्रणाली विकास गरेको छ । त्यसलाई विकाशोन्मुख देशहरुले खोजिरहेको आवश्यकतालाई नेपालले पूरा गर्न सहयोग गरिरहेको उनी  बताउँछन् ।

सबैभन्दा महत्वपूर्ण कुरा यसले केही मात्रामा भएपछि नेपाललाई ‘ग्लोबल ब्राण्ड’ बनाउन र आर्थिक रुपमा टेवा पु¥याइरहेको छ । नेपाली प्रविधी साउथ टु साउथ को अपरेशनका लागि प्रभावकारी हुने उनको दाबी छ । ‘इथियोपियाजस्तो एउटा विकाशोन्मुख देशमा अमेरिकाले विकास गरेको सिस्टमले काम गर्दैन । तर, त्यहा“ नेपालमा विकास भएको सिस्टम बढी प्रभावकारी भएको छ,’ विदेशमा शिविर चलाउदैं हिड्नुको कारण खोल्छन्, उनी । उनले यसैका लागि म्यानमार, इण्डोनेशिया, उत्तर कोरिया, चीन, भियतनाम, ल्याटिन अमेरिका र अफ्रिकाका विभिन्न देशहरुमा शिविर सञ्चालन गर्ने गर्छन् ।

आर्थिक कुरा त त्यस्तै तर डा. रुइतले विकास गरेको प्रविधीले विश्वमा अलग्गै ‘नेपाली ब्राण्ड’को पहिचान स्थापित गरेको छ । यसैमा उनलाई सबैभन्दा ठूलो गर्व छ । ‘त्यहा गर्व गर्ने कुरा यो नेपालबाट आएको प्रविधी हो भनेर प्रचार हुन्छ । त्यहा“ नेपाली झण्डा फहराउछ,’ उनी गर्विलो देखिन्छन्, ‘हामीले देशलाई दिन सकेको कन्ट्रीव्युसन यही त हो नि ।’

शिविर लिएर डुलिरहने यी डाक्टरको म्यानमारप्रति भने विछट्टै लगाव देखिन्छ । त्यसको कारण एउटा विशेष कारण छ—म्यानमारका नेपाली आत्मसम्मानका साथ बस्नु र उनीहरुले डा. रुइतप्रति दर्शाउने माया । करिब साढे ३ लाख नेपाली भएको म्यानमारमा नेपालीहरुको स्टाटस भारतीयहरुभन्दा माथि छ । म्यानमार जा“दा आफूलाई नेपाली भएको गर्व लाग्ने बताउ“छन् उनी । ‘अरु ठाउ“मा नेपालीहरु के गर्छन सबैलाई थाहा छ । म्यानमारमा प्रायः सवै नेपालीहरु प्रतिष्ठीत छन् । केही न केही काम गरेर वसेका छन् । देशको इज्जत जोगाएका छन् । त्यहा“ एक जना रामबहादुर भन्ने राष्ट्रिय फुटबलर थिए । उनलाई म्यानमारमा हिरो मानिन्छ,’ उनी म्यानमार प्रेमबारे भन्छन्, ‘त्यो देखेर मलाई त्यहा“ जा“दा गौरव लाग्छ ।’ उनी म्यानमारका नेपालीले गरेको सहयोगप्रति पनि उत्तिकै अनुग्रहित छन् ।

तमोरतिरदेखि काठमाडौंसम्म

सुदूरपूर्वको हिमाली गाउँ ओलाङचुङ गोला जुन तमोर नदीको सिरानी हो । १० हजार फिट उचाइमा पर्ने ओलाङचुङ गोलामा उनी जन्मिदा २ सयजति घरहरु थिए । तर, त्यही तमोरको बाढीले उनी जन्मेको परम्परागत बस्ती उजाडिसकेको छ । अहिले त्यहा ५०÷६० वटा जति मात्र घरहरु छन् ।

७ वर्षको उमेरसम्म चौरीको पुच्छर निमोठ्दै हिडेका उनी १५ दिन हिडेर दार्जिलिङ्ग गएर कक्षा १ मा भर्ना भएका थिए । त्यो उमेरमा भर्ना भएका उनलाई यो अवस्थामा आइपुग्छ भन्ने कल्पना समेत थिएन । जिन्दगी पछाडि फर्किएर हेर्दा कहिलेकाही डा. रुइतलाई अचम्म लागेर आउ“छ । ‘मान्छेले इमान्दारिता, प्रतिवद्धता, कडा परिश्रम र दृढ इच्छाशक्तिलाई समेट्ने सक्यो भने भाग्य, मौका र संगति आफै प्राप्त गर्ने रहेछ,’ डा. रुइतले भन्छन्, ‘यसले जस्तोसुकै कठिनाईका पहाडहरुलाई फोर्न सकिन्छ भन्ने मेरो जिन्दगीको सबैभन्दा ठूलो सिकाइ हो ।’

९३ वर्षीय बुवा दुई छोरी एक छोरा, श्रीमतीका साथ काठमाडौंको स्वयम्भुमा बस्दैं आएका उनी दक्षिण एसियाली समाजका मानिसको सबैभन्दा ठूलो शक्ति परिवार भएको बताउँछन् । ‘परिवार भनेको हाम्रो एसियन कल्चरमा ठूलो हिस्सा हो । परिवार हुर्काउन जती हामी दुख गर्छौ त्यती नै परिवारले तपाइलाइ राम्रो कुरा दिन्छ,’ रुइत भन्छन्, ‘एसियनहरुको एउटा पावर नै परिवार हो । हाम्रो विकनेस र स्ट्रेन्थ दुवै परिवार हो ।’
फुर्सदको धेरैजसो समय परिवारस“गै बिताउने उनी कहिलेकाही संगीतमा पनि रमाउछन् । नारायण गोपाल, बच्चु कैलाश, अरुणा लामा, महोमद रफी र लता मंगेश्वर उनका प्रिय गायक हुन् । टाइम उति नहुने भएकाले उनी अक्सर किताब पढ्छन् । उनको रोजाइमा बायोग्राफी पर्छ । कहिलेकाही कन्टोभर्सियल फिगरहरुका बारेमा लेखिएका किताबहरुले उनलाई तान्छ । पढेकामध्ये मनपरेको पुस्तक नेल्सन मण्डेलाको बायोग्राफी हो । मुड चल्दा परिवारस“गै सिनेमा हेर्न हलसम्म पनि पुग्छन् । अहिलेसम्म सपिङमा भने निस्केका छैनन् । उनका लागि आवश्यक किनमेलको काम प्रायजसो श्रमितीले गर्छिन् । ‘त्यसको बदलामा मैले उनलाइ माया दिन्छु,’ उनी रोमान्टिक सुनिए ।
अनुशासित जीवन रुचाउने उनको दैनिकी पनि अनुशासित नै छ । विहान साढे चार बजे ओछ्याउन छोडिसक्ने उनी डेढ घण्टा एक्सरसाइज गर्छन् । घर स्वयम्भु नजिक भएको हु“दा त्यहा“को सिढीहरु उनको एक्साइजका डोज पूरा गर्छन् । एक्ससाइज सकेपछि २० मिनेट इमेल इन्टरनेट चेक गर्छन् । कहिलेकाही इन्टरनेट स्काइपबाटै देशविदेशमा चलिरहेका कन्फ्रेन्सहरु एटेम्प गर्छन् । त्यसपछि उनी तिलगंगा अस्पताल पुग्छन् । विरामीलाई हेर्ने आदि नियमित काम तथा बैठकहरु एटेण्ड गर्छन् । बेलुका उनी नागपोखरीमा रहेको क्लीनिकमा बस्छन् । पछिल्लो समय अलि चाडै घर फर्केर परीवारलाई बढी समय दिन थालेका छन् ।

खानपिनमा पनि उतिकै सजग छन् डा. रुइत । साधारणतयाः विहान साढे सात बजेतिर व्रेकफास्ट खान्छन् । लन्च भने अस्पतालमै लिएर जान्छन् । त्यसमा फलफुल, रोटीलगायतका परिकार हुन्छन् । साथमा लिन्छन् कालो चिया । बेलुकाको खाना प्रायः घरमा नै हुन्छ, जसमा रोटी, तरकारी, मासु ढिडो, फापरको रोटी, सुप, व्रेड हुन्छ । अलि पेट लागेका कारण उनलाई श्रीमतीले भात खान प्रतिबन्ध लगाएकी छन्, त्यसैले बेलुकाको खाना प्राय रोटी नै हुन्छ । अक्सर मात्रै भात खान्छन् । महिनाको एक दुई पटक उनको परिवार डिनरका लागि बाहिर जान्छ ।

हुन त उनलाई मान्छेको ज्योती फर्काउनु सामान्य दैनिकी हो । तर, अन्धोपन ब्यहोरिरहेको मान्छेले संसार देख्न सक्नुजतिको ठूलो खुशी केही पनि हु“दैन् । अरुको आ“खामा प्रकाश दिएर रंगीन दुनिया“को मनोरम दृश्य देखाउने उनका लागि जीवनकै सर्वाधिक खुशीको क्षण कुन होला ? हामीले लामो कुराकानीको बिट मार्ने सन्दर्भमा उनलाई सोध्यौं । ‘सन् १९९४ जुन ७ । तिलगंगाको उदघाटन गरेको दिन मेरो लागि जिन्दगीकै सबैभन्दा खुसीको दिन हो । त्यस्तो विकराल स्ट्रगलपछि उद्घाटन भयो त्यो जती खुसी कहिल्यै लागेको छैन्,’ उनले पनि विट मार्दै आफ्नो अनुपम खुशीको क्षण साटे, ‘त्यहा“ स्वर्गीय राजा वीरेन्द्र र तत्कालीन प्रधानमन्त्री गिरीजाप्रसाद कोइराला दुई जना एउटै मञ्चमा बसेर उद्घाटन गर्नुभएको थियो । त्यो बेला म र मेरा सहकर्मीहरुको मुहारमा देखिएको खुशी हेर्न लायक थियो ।’

(डा रुइत संग केही समय अघि हेल्थ आवाजका सम्पादक जनक तिमिल्सिना र कार्यकारी सम्पादक भिषा काफ्लेले गरेको कुराकानीमा आधारीत यो आलेख उनको जन्मदिनको अवसरमा प्रकाशित गरीएको हो )


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ