२०८३ असोज २३, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठ ∕ समाचार ∕ एनएमएको पहिलो ‘नेशनल हेल्थ समिट २०२१’ ९ असोजमा

एनएमएको पहिलो ‘नेशनल हेल्थ समिट २०२१’ ९ असोजमा


काठमाडौँ –  नेपाल चिकित्सक संघ(एनएमए)ले ‘नेशनल हेल्थ समिट २०२१’ आयोजना गर्ने भएको छ। आइतबार पत्रकार सम्मेलन गर्दै संघले पहिलो नेशनल हेल्थ समिट ‘प्यान्डेमिक प्रिपीयर्ड नेशनल इन नेपाल’ नामक ब्राण्ड वर्थ प्रा.लि.को सहकार्यमा ९ असोज शनिबारका दिन आयोजना गर्न लागिएको जानकारी दिएको हो।

पान्डेमिक प्रिप्रेडनेश एण्ड म्यानेजमेन्ट इन कन्टेक्स अफ फेडेरेलिज्म, ह्युमन रिसोर्स एण्ड सर्भिस डेलिभरी ड्युरिङ पान्डेमिक, गभर्मेन्ट अफ नेपाल्स टु पान्डेमिकः अपरचुनिटिज एण्ड च्यालेन्ज, लेशन लन्र्ट फ्रम कोभिड–१९ र इनोभेसन एन अपरचुनिटिज फोर पान्डेमिक प्रिपेडनेश समिटको थिम रहेको छ।

सो समिटका लागि गठित आयोजकले शैक्षिक गतिविधिहरु तयार गरी आवश्यक कार्यलाई तीव्रताका साथअघि बढिरहेको संघले जनाएको छ।

संघकाअनुसार नेपालको स्वास्थ्य सुधार गर्दै जारी रहेको कोभिड महामारी र आगामी दिनमा पनि आउनसक्ने यी र यस्तै स्वास्थ्य संकटका सामना गर्ने सबल स्वास्थ्य प्रणाली निर्माणका लागि टेवा पुर्‍याउने उद्देश्यले सो समिट आयोजना गर्न लागिएको उल्लेख छ।

संघले समिट सफल पार्न चिकित्सक, स्वास्थ्यकर्मी, स्वास्थ्य सँस्था र संचारकर्मीहरुलाई सक्रिय सहभागिता जनाउन समेत अनुरोध गरेको छ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ