२०८१ वैशाख १५, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचार‘दशैँसम्म ३३ प्रतिशत नागरिकलाई खोप दिइसक्ने सरकारको योजना’

‘दशैँसम्म ३३ प्रतिशत नागरिकलाई खोप दिइसक्ने सरकारको योजना’


काठमाडौँ – दशैँसम्म ३३ प्रतिशत जनतालाई खोप दिने सरकारको योजना रहेको स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले बताए। आइतबार स्वास्थ्य तथा मन्त्रालयले गरेको आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले ३३ प्रतिशत जनतालाई खोप दिने सरकारी योजना रहेको बताए।

‘३३ प्रतिशत जनतालाई दशैंसम्ममा खोप दिने सरकारको योजना छ। सरकारले जसरी पनि चाडै २ करोड ५० लाख खोप ल्याउने तयारी गरेको छ। जसमा भेरोसेल खोप आउने सुनिश्चित भैसक्यो, ‘उनले भने।

नेपाली जनताका लागि ५ करोड खोप आवश्यक रहेकोमा अहिलेसम्म अहिले १ करोड ४ लाख खोप नागरिकले पाइसकेको उनले जानकारी दिए। विशेषत दशैंमा भारतबाट नेपाल आउनेको संख्या बढ्ने भएकोले सिमानाकामा खोप कार्यक्रम योजना गर्ने सोच रहेको उनले बताए।

बालबालिकाका लागि मोडना र फाईजरको खोप ल्याउने सरकारको तयारी रहेको पनि स्वास्थ्य राज्यमन्त्री श्रेष्ठले जानकारी दिए।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ