२०७८ असोज ५, मंगलबार
Health Aawaj logo
गृहपृष्ठसमाचारआजबाट डब्लूएचओको क्षेत्रीय बैठक सुरु

आजबाट डब्लूएचओको क्षेत्रीय बैठक सुरु


काठमाडौं– विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)को दक्षिणपूर्वी एसियाली राष्ट्रका क्षेत्रीय कार्यकारी समितिको ७४औं बैठक सुरु भएको छ। सोमबार विहान ९ : ४५ बजे काठमाडौँबाट भर्चुअल माध्यमबाट बैठक सुरु भएको हो।

स्वास्थ्यमा सर्वव्यापी पहुँचको प्रगतिको अनुगमन, विद्यालय स्वास्थ्यको पुनरुत्थान र खोपद्वारा रोकथाम गर्न सकिने रोगका लागि खोपकार्य योजनाका लागि क्षेत्रीय कार्यढाँचाका बारेमा पनि छलफल सम्मेलनमा हुनेछ।

सम्मेलनमा डब्लूएचओका महानिर्देशक डा टेड्रोस एड्हानोम गेहब्रेयसस, क्षेत्रीय निर्देशक डा पुनम खेत्रपाल सिंह, ११ सदस्य मुलुकका स्वास्थ्यमन्त्री तथा स्वास्थ्य अधिकारीहरू, संयुक्त राष्ट्रसंघका निकायलगायत संस्थाका प्रतिनिधिको भर्चुअल उपस्थिति बताइएको छ। बैठक ५ दिनसम्म चल्नेछ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ

जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)