२०८१ वैशाख १४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारस्वास्थ्य राज्यमन्त्रीलाई पदमुक्त नगरे जुनसुकै समयमा सत्याग्रह बस्ने डा. केसीको घोषणा

स्वास्थ्य राज्यमन्त्रीलाई पदमुक्त नगरे जुनसुकै समयमा सत्याग्रह बस्ने डा. केसीको घोषणा


काठमाडौँ –  चिकित्सा अभियान्ता डा. गोविन्द केसीले स्वास्थ्य राज्यमन्त्रीको पदमुक्त गर्नुपर्ने माग पुरा नभएको भन्दै जुन सुकै समयमा पनि सत्याग्रह बस्न सक्ने घोषणा गरेका छन्। डा. केसीले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै स्वास्थ्य राज्यमन्त्रीलाई पदमुक्त गर्ने लगायतका सरकारले साझेदारी गरेका मागहरु पूरा नभए जुन सुकै समयमा पनि सत्याग्रह बस्न सक्ने घोषणा गरेका हुन्।

स्वास्थ्य र मेडिकल शिक्षामा सुधारका लागि बारम्बार सरकारले सम्झौता गरे पनि तिनको इमान्दार कार्यान्वयन हुन सकेको उनको गुनासो छ । ‘बिपी प्रतिष्ठानका हकमा भएका सम्झौता कार्यान्वयन लगायत हामीसँगको भेटमा प्रधानमन्त्री शेरबहादुर देउवाले समझदारी गरेको तीन साता बितिसक्दा पनि त्यस अनुसार कुनै काम भएको छैन, ‘डा. केसीले जारी गरिएको विज्ञप्तिमा भनिएको छ, ‘उल्टै माफियाहरुको स्वार्थमा बारम्बार चिकित्सा शिक्षा आयोगका पदाधिकारीहरुलाई दबाब दिएर आयोगको आकस्मिक बैठक बोलाउने प्रयास गरिएको छ ।’

सरकार मेडिकल शिक्षा क्षेत्रका समस्या समाधान गर्नेभन्दा पनि झनै बल्झाउने दिशामा गएको उनले बताए । नागरिकले लाखको कारोबार गर्दा स्रोत खोज्ने राज्य र बैंकिङ प्रणाली अरबौं रुपैयाँको यस्तो शंकास्पद किनबेच भइरहँदा मौन बस्नुले थप शंका जन्माएको उनको भनाइ छ। ।

यस्तै, पदाधिकारी नियुक्तिका नयाँ मापदण्ड बनाउने लगायतका पाँच बुँदे समझदारी तत्काल कार्यान्वयन गर्न तथा विभिन्न स्वार्थ समुहहरुको तर्फबाट चिकित्सा शिक्षा आयोगलाई नाजायज दबाब नदिन समेत सरकारको ध्यानाकर्षण उनले गराएका छन्। ‘स्वास्थ्य राज्यमन्त्रीलाई पदमुक्त गर्ने लगायतका हामीसँग भएका समझदारीका बुँदाहरु तत्काल कार्यान्वयन गर्न पनि माग गर्दर्छौं । यी मागहरु पूरा नगरी सरकारले अहिलेकै निष्क्रियता, लाचारी र अनियमितता कायम राखेमा कुनै पनि बेला सत्याग्रह शुरु गर्ने जानकारी पनि गराउन चाहन्छौं,’उनले भने।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ