२०८१ वैशाख १२, बुधबार
Health Aawaj logo
गृहपृष्ठसमाचारराष्ट्रिय एम्बुलेन्स निर्देशिका २०७८ जारी, यस्ता छन् नयाँ प्रावधान ?

राष्ट्रिय एम्बुलेन्स निर्देशिका २०७८ जारी, यस्ता छन् नयाँ प्रावधान ?


काठमाडौं –  अबदेखि स्वास्थ्य संस्थाहरुले मात्रै एम्बुलेन्स सेवा सञ्चालन गर्न पाउने भएका छन् । राष्ट्रिय एम्बुलेन्स निर्देशिका २०७८ जारी भएसँगै स्वास्थ्य संस्थाहरुले मात्रै एम्बुलेन्स सेवा र सञ्चालनको अनुमति पाउने भएका हुन् ।

देशभरी रहेका एम्बुलेन्सहरु छिटो छरितो रुपमा सञ्चालन गरी बिरामी-घाईतेहरुलाई अस्पतालसम्म सुरक्षित र सहज तवरले पु¥याउन कार्यान्वयनमा रहेको एकीकृत एम्बुलेन्स तथा पुर्व अस्पताल सेवा संचालन निर्देशिका, २०७७ खारेज भई गत भदौ १७ गते राष्ट्रिय एम्बुलेन्स निर्देशिका २०७८’ स्वीकृत भइ जारी भएको हो ।

अबदेखि एम्बुलेन्स संचालन गर्दा ‘क’ र ’ख’ कुन वर्गको खरिद वा प्राप्ति गर्ने हो सो स्पष्ट उल्लेख गरि निवेदन दिनुपर्नेछ । ‘क’ र ’ख’ वर्गको एम्बुलेन्स भन्नाले निर्देशिकाको अनुसूची–४ बमोजिमका मापदण्ड भएको हुनुपर्ने उल्लेख छ ।

यस्तै, सबै एम्बुलेन्सहरु अनिवार्य रुपमा फोर व्हील ड्राइभ, पावर स्टेरिङ्ग, सस्पेन्सन चेन सिस्टमको हुनुपर्ने, ‘क’ र ’ख’ वर्गको एम्बुलेन्सका लागि मात्र राजस्व छुटको सिफारिश गरिने निर्देशिकामा भनिएको छ । एम्बुलेन्स सेवा संचालन गर्न जनस्वास्थ्य सेवा ऐन र नियमावालीको प्रावधान अनुसार स्वास्थ्य संस्थाले संचालन गर्ने व्यवस्था गरिएको छ ।

राष्ट्रिय स्वास्थ्य तालिम केन्द्रबाट निर्धारित एम्बुलेन्स चालकले तालिम लिएको एम्बुलेन्स चालक हुनुपर्ने प्रावधान छ । राष्ट्रिय प्रेषण केन्द्र, प्रादेशिक प्रेषण केन्द्र लगायतका प्रेषण केन्द्रहरुमा अनुसूची–११ बमोजिमको जनशक्ति आवश्यक पर्नेछ ।

यस्तै, ‘क’ र ’ख’ वर्गको एम्बुलेन्सका लागि मेडिकल अफिसर-एच.ए एवम् नर्स अनिवार्य हुनुपर्ने तथा त्यसमा रहने स्वस्थ्यकर्मीहरुले अनिवार्य रुपमा तोकेको तालिम लिएको हुनुपर्ने प्रावधान छ । सबै एम्बुलेन्सहरु अनिवार्य रुपमा एउटै नम्बरबाट तथा एप्लिकेसनबाट सर्वसाधारणहरुले सेवा पाउन सक्ने गरी प्रेषण केन्द्रहरुसँग आवद्ध भएको हुनुपर्ने छ ।

निर्देशिका लागुभएसँगै एम्बुलेन्सलाइ बिरामी ओसार पसार गर्नेबाहेक अन्य काममा प्रयोग गर्न पाइने छैन । हरेक एम्बुलेन्समा जीपिएस अनिवार्य जडान हुनुपर्ने छ ।

एम्बुलेन्स सेवाको गुणस्तर, भाडादर निर्धारण, नियमन आदिका लागि जिल्लास्तर, प्रदेशस्तर र संघीयतहमा अनुगमन समितिहरुको व्यवस्था गरिएको छ । एकीकृत एम्बलेन्स संचालन सम्बन्धि व्यवस्थामा देशभर संचालित एम्बुलेन्सहरूलाई प्रेषण केन्द्रमार्फत एकीकृत रूपमा संचालन गर्नुपर्ने छ ।

यस्तै, एम्बुलेन्समा राष्ट्रिय तथा प्रादेशिक स्वास्थ्य तालिम केन्द्रद्वारा मान्यता प्राप्त आकस्मिक स्वास्थ्य सेवा सम्बन्धि तालिम प्राप्त चालक र स्वास्थ्यकर्मी हुनुपर्नेछ । संघ र प्रदेशमा आकस्मिक स्वास्थ्य सेवाको सम्पर्कका लागि तीन अंकको १०२ टेलिफोन नम्बरबाट एकीकृत रूपमा एम्बुलेन्स सेवा उपलब्ध हुने गरी व्यवस्था गर्नु पर्नेछ ।

स्वास्थ्य मन्त्रालयका सह-प्रवक्ता डा.समीरकुमार अधिकारीका अनुसार एकीकृत एम्बुलेन्स तथा पुर्व अस्पताल सेवा संचालन निर्देशिका, २०७७ खारेज भई गत भदौ १७ गते राष्ट्रिय एम्बुलेन्स निर्देशिका २०७८’ स्वीकृत भइ जारी गरिएको हो ।

यस्तो छ निर्देशिका :

;


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ