२०८१ वैशाख ७, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारनेपाल आयुर्वेद औषधी उत्पादक संघको अध्यक्षमा साउँद, महासचिवमा पाण्डेय निर्विरोध

नेपाल आयुर्वेद औषधी उत्पादक संघको अध्यक्षमा साउँद, महासचिवमा पाण्डेय निर्विरोध


काठमाडौं—नेपाल आयुर्वेद औषधी उत्पादक संघको नेतृत्वमा युवा पुस्ताले बाजी मारेको छ । पाँच कार्यकाल अध्यक्षको नेतृत्व सम्हाल्दैं आएका निवर्तमान अध्यक्ष विनोद पौडेलले युवापुस्तालाई नेतृत्व हस्तान्तरण गर्ने निर्णय गरेसँगै संघको नेतृत्व युवा पुस्तामा आएको हो ।

नेपाली जडिबुटीजन्य आयुर्वेद औषधीको उत्पादनमा अग्रणी भूमिका खेल्दै आएको संघको अध्यक्षमा मानबहादुर साउँदसँगै उपाध्यक्षद्वय डा. खेमराज भट्टराई र चन्द्रकान्त खनाल, महासचिवमा सुमनप्रसाद पाण्डेय, सचिवमा पिताम्बर आचार्य, कोषाध्यक्षमा महेन्द्रराज बज्राचार्य एवं सह—कोषाध्यक्षमा डा. सुमन पौडेलको युवा पुस्ता निर्विरोध रुपमा निर्वाचित भएको हो ।

१३ सदस्सीय कार्यसमितिका सदस्यहरुमा शम्भु अग्रवाल, बुद्धिमान शाक्य, शिवराम थापा, सूर्यकृष्ण श्रेष्ठ, अर्जुन पौडेल र विनोद अधिकारीसमेत निर्विरोध निर्वाचित भएका छन् ।

पछिल्लो समय अर्बौ रुपैयाँको आयुर्वेद औषधी उत्पादन गर्ने हैसियत बनाउन सफल संघको नेतृत्व प्रत्येक दुई वर्षमा परिवर्तन गर्ने संघको विधानअनुसार यसपालिको नयाँ कार्यसमितिमा जोशिला युवाहरुको वर्चश्व कायम रहेको हो ।

यसअघि साउद संघको उपाध्यक्ष, पाण्डेय महासचिव, खनाल सचिव र बज्राचार्य कोषाध्यक्ष थिए । उपाध्यक्ष भट्टराई र सचिव आचार्य संघको पदाधिकारीका रुपमा नयाँ अनुहार हुन् । त्यस्तै सदस्यहरुमा समेत केही नयाँ अनुहारलाई मौका दिइएको छ । अधिकांश पदाधिकारी र सदस्यहरु युवा छन् । उनीहरुमा उद्योग सञ्चालनको लामो अनुभव, जोश र जाँगरले आगामी दिन आयुर्वेद औषधी उत्पादनले थप उचाइ लिने विश्वास गरिएको छ ।

डा. नारायणप्रसाद अर्याल संयोजक रहेको निर्वाचन मण्डलका सदस्यद्वय शिव ज्ञवाली तथा सुरज भट्टराईले निर्वाचनका सम्पूर्ण विधि प्रक्रियाहरु पूरा गरेर नयाँ कार्यसमितिका सदस्यहरु निर्वाचित भएको जानकारी दिए ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ