२०८१ वैशाख ११, मंगलबार
Health Aawaj logo
गृहपृष्ठसमाचारक्युवा बन्यो बालबालिकालाई कोभिड-१९ विरुद्ध खोप दिने पहिलो राष्ट्र

क्युवा बन्यो बालबालिकालाई कोभिड-१९ विरुद्ध खोप दिने पहिलो राष्ट्र


काठमाडौं – क्युवामा बालबालिकालाई कोभिड-१९ विरुद्धको खोप लगाउन थालिएको छ । गत शुक्रबारबाट दुई वर्षको शिशुदेखि १८ वर्षसम्मका किशोरकिशोरीलाई कोभिडविरुद्धको खोप लगाउन थालिएको हो ।

यससँगै क्युवा बालबालिकालाई कोभिड विरुद्धको खोप दिने विश्वको पहिलो देश भनेको छ । चीन, युएई र भेनेजुएलाले बालबालिकालाई खोप दिने योजना रहेको घोषणा गरेको थियो। तर, क्युबाले भने खोप बालबालिकालाई दिन सुरु गरिसकेको छ।

उक्त देशले आफ्नै देशमा भनेको खोप दिइएको हो। जसलाई विश्व स्वास्थ्य संगठनले पनि अनुमति दिएको छैन।

बालबलिकासँगै शिक्षक शिक्षिकालाई पनि खोप लगाएर विद्यालयको पठनपाठन भौतिक उपस्थितिबाट सुरु  गर्ने योजना क्युवा सरकारको छ ।

यहाँ दैनिक ७ हजार केस कोभिड पोजेटिभ देखिने गरेको छ। हालसम्म ६लाख ९६ हजार ९ सय ४ जनामा संक्रमित छन् भने ५ हजार ७ सय भन्दा बढीले ज्यान गुमाइसकेका छन्।

-एजेन्सी 


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ