२०८१ वैशाख ७, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारयी हुन् प्रतिस्थापन बजेटमा परेका स्वास्थ्य ७ कुरा

यी हुन् प्रतिस्थापन बजेटमा परेका स्वास्थ्य ७ कुरा


काठमाडौं—प्रतिस्थापन विधेयकमार्फत सरकारले बजेटमा स्वास्थ्यका केही नयाँ कुरा थपेको छ । शुक्रबार अर्थमन्त्री जनार्दन शर्माले पेश गरेको प्रतिस्थापन बजेटमा दीर्घ रोगका बिरामीलाई मासिक भत्तादेखि विभिन्न ७ वटा कुरा अटाएका छन् ।

जुन यसप्रकार छन् ।

१. कोभिड—महामारीबाट नागरिकको जीवन रक्षा गर्ने र शिथिल बनेको अर्थतन्त्रलाई पुनरुत्थान गरी चलायमान बनाउने विषय यो सरकारको उच्च प्राथमिकतामा रहेको छ । कोभिड—१९ विरुद्धको खोप लगाउन योग्य सबै नेपालीलाई यथाशक्य चाँडो निःशुल्क खोप उपलब्ध गराउन खोपको आपूर्तिको सुनिश्चिततासहित स्रोतको प्रब्नध मिलाएको छु । सम्वत् २०७८ भाद्र २३ गतेसम्म कोभिड—१९ महामारी विरुद्धको खोप ५७ लाख ३ हजार जनाले पहिलो मात्रा र ५१ लख २ हजार जनाले पूर्ण मात्रा प्राप्त गरिसकेका छन् । यो कुल जनसंख्याको १७ प्रतिशत हो । हालसम्म खोपको १ करोड ३३ लाख ५९ हजार मात्रा नेपाल भित्रिसकेको र करिब ३ करोड मात्रा प्राप्त हुने क्रममा रहेको छ । ५ अर्ब कोभिड—१९ खोपका खरिदका लागि उपयोग गर्ने प्रबन्ध मिलाइएको छ ।

२. कोभिड—१९ संक्रमण रोकथाम, नियन्त्रण र उपचारका लागि स्रोतको कमी हुन नदिन सरकार प्रतिवद्ध रहेको छ । खोप व्यवस्थापनको लागि वैदेशिक स्रोतका अतिरिक्त आन्तरिक स्रोत समेत परिचालन गर्ने प्रबन्ध गरेको छु ।

३. मिर्गौला प्रत्यारोपण गरेका, सबै किसिमका क्यान्सर रोगी र मेरुदण्ड पक्षघात भएका विरामीलाई औषधी उपचार खर्च वापत मासिक रु. ५ हजारका दरले उपलब्ध गराइने व्यवस्था मिलाएको छु ।

४. काठमाडौं उपत्यकालगायतका शहरी क्षेत्रमा जनस्वास्थ्य तथा स्वच्छ वातावरण कायम गर्न खुला स्थानको प्रबन्ध हुने गरी सम्बन्धित स्थानीय तहसमेतको सहभागितामा व्यायामशालासहितको वगैचा तथा सार्वजनिक उद्यान निर्माण गरिनेछ ।

५. शिक्षकहरुको स्वास्थ्य उपचारका लागि छुट्टै अस्पताल निर्माण गर्न अध्ययन गरिनेछ ।

६. चिकित्सक, कलाकार, पत्रकार, खोलाडी, इन्जिनियर, कानून व्यवसायी, लेखा परीक्षक, लेखापढी व्यवसायी, परामर्श, अभिकर्ता तथा मध्यस्थकर्ता सेवा प्रदायकलगायतका प्राकृतिक व्यक्तिले आर्थिक वर्ष २०७५÷७६ र २०७७÷७८ को आफ्नो करयोग्य आयमा आयकर ऐन, २०५८ बमोजिम लाग्ने कर सम्वत् २०७८ फागुन मसान्तभित्र बुझाई स्थायी लेखा नम्बर लिएरमा सो मा लाग्ने शुल्क तथा ब्याज छुट हुने व्यवस्था गरेको छ । त्यसरी कर बुझाएमा सोभन्दा अगाडिको आयमा लाग्ने आयकर र मुल्य अभिवृद्धि कर मिनाहा हुने व्यवस्था मिलाएको छु ।

७. स्वास्थ्य खोप, अक्सिजन ग्याँस तथा स्यानिटरी प्याड उत्पादन गर्ने उधोगलाई उत्पादन सुरु भएको मितिले तीन वर्षसम्म लाग्ने करमा शतप्रतिशत र त्यसपछिको दुई वर्षसम्म पचास प्रतिशत छुट हुनेछ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ