२०८१ वैशाख ७, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारस्वास्थ्य मन्त्रालयले विपीमा आन्दोलनरत पक्षलाई भन्यो, ‘धेरै माग पूरा भइसके, सेवामा फर्कनुस्’

स्वास्थ्य मन्त्रालयले विपीमा आन्दोलनरत पक्षलाई भन्यो, ‘धेरै माग पूरा भइसके, सेवामा फर्कनुस्’


काठमाडौं—स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका आन्दोलनरत पक्षलाई धेरै माग पूरा भइसकेको र बाँकी पूरा हुने क्रममा रहेको भन्दैं सेवामा फर्कन आग्रह गरेको छ । आइतबार मन्त्रालय प्रवक्ता कृष्ण पौडेलले एक विज्ञप्ति जारी गर्दै आन्दोलनरत पक्षले उठाएका मागहरु पूरा गर्न सरकार गम्भीरतापूर्वक लागेको उल्लेख छ ।

उनले धेरै विषयहरु सम्बोधन भइसकेको र केही विषयहरु अझै अध्ययन अनुसन्धानका क्रममा रहेको बताएका छन् । विपीमा पदाधिकारी बर्खास्ती र भ्रष्टाचार छानविन हुनुपर्ने भन्दैं लामो समयदेखि आन्दोलन जारी छ ।

मन्त्रालयले २५ प्रतिशत सिनेटरको हस्ताक्षर भएको उपकुलपति समक्ष पेश भइसकेको र उपयुक्त छानविन गरी कारवाही गरिने, चिकित्सा शिक्षा आयोग र मेडिकल काउन्सिलको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबारेको प्रतिवेदन तत्काल सार्वजनिक गर्ने, अख्तियारले प्रतिष्ठानको भ्रष्टाचारमाथि छानविन गरिरहेको उल्लेख छ ।

यस्तै, विश्वविद्यालय र प्रतिष्ठानका पदाधिकारी नियुक्ति मापदण्ड तयार गर्ने समिति गठन भएर काम गरिरहेको, प्रतिष्ठानका रजिष्ट्रारले राजीनामा दिएर स्वीकृत भइसकेको, उपकुलपति प्राध्यापक भएको प्रमाण नभएकाले छानविन सुरु भएको, उच्चस्तरीय छानविन आयोग सिनेटबाटै गठन हुने उल्लेख छ । छानविन आयोग गठनका लागि आवश्यक परामर्श र समन्वय गरी उचित निर्णय लिने उल्लेख छ ।

आन्दोलनरत पक्षले २० भदौंदेखि इमर्जेन्सी, कोभिड र पूर्व निर्धारित परीक्षा बाहेकका सेवा अवरुद्ध गरिरहेको छ । जसका कारण विपीको स्वास्थ्य सेवा प्रभावित भइरहेको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ