२०८१ वैशाख ८, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारथप २२२ विद्यालयमा ‘विद्यालय नर्स कार्यक्रम’ संचालन हुँदैं, तलब २८ हजार २ सय रुपैयाँ (सूचीसहित)

थप २२२ विद्यालयमा ‘विद्यालय नर्स कार्यक्रम’ संचालन हुँदैं, तलब २८ हजार २ सय रुपैयाँ (सूचीसहित)


काठमाडौं–सरकारले चालु आर्थिक वर्ष भित्र थप २ सय २२ विद्यालयहरुमा ‘विद्यालय नर्स कार्यक्रम’ संचालन गर्ने भएको छ । स्वास्थ्य सेवा विभागले तयार पारेको स्थानीय तहहरुको कार्य सञ्चालन मार्ग निर्देशनमा यस वर्ष प्रदेश १ र बाग्मती प्रदेश बाहेकका ५ प्रदेशमा ‘विद्यालय नर्स कार्यक्रम’ सुरु गर्ने उल्लेख गरेको हो ।

यसअघि प्रदेश १ र बाग्मती प्रदेशले ‘विद्यालय नर्स कार्यक्रम’ सुरु गरिसकेका छन् । नर्सिङ महाशाखाले तयार गरेको मार्ग निर्देशनमा यस वर्ष प्रदेश २ का हरिवन र चन्द्रपुर नगरपालिकाका १८ विद्यालयमा विद्याल नर्स कार्यक्रम सुरु हुनेछ ।

बाग्लुङ र म्याग्दीका १० विद्यालय, बाँके र रोल्पाका १६ विद्यालय, कालिकोट, डोल्पा जुम्ला, सुर्खेत र रुकुम पश्चिमका गरी ६० विद्यालयमा विद्यालय नर्स कार्यक्रम सुरु हुनेछ ।

अघिल्ला वर्षमा सुरु भएका प्रदेश २ का बारा र सप्तरीका थप २० विद्यालय, गण्डकीको गोरखा र नवलपरासीमा थप २० विद्यालय, अर्घखाँची र रुपन्देहीका थप २० विद्यालयमा पनि विद्यालय नर्स कार्यक्रम सुरु गर्न लागिएको हो ।

त्यसैगरी, कर्णाली प्रदेशको सल्यान र दैलेखमा २० वटा विद्यालय र सुदूरपश्चिम प्रदेशको डडेलधुरा र अछाममा पनि २० विद्यालयमा यो कार्यक्रम संचालन हुँदैछ । आर्थिक वर्ष ०७८/०७९ मा कर्णालीका जाजरकोट र हुम्लामा पनि १८ विद्यालय नर्स कार्यक्रम विस्तार हुने मार्ग दर्शनमा उल्लेख छ ।

विद्यालय नर्स कार्यक्रम संचालनका लागि नर्सको मासिक पारिश्रमिक २८ हजार २ सय रुपैयाँ तोकिएको छ । औषधी—औषधीजन्य सामग्री खरिदका लागि वर्षको ५० हजार र कार्यक्रम अनुगमन र समीक्षाका लागि प्रति स्थानीय तहलाई २५ हजार छुट्याइएको छ । मार्ग निर्देशनमा स्कुल नर्स सकेसम्म स्थानीय भए उसलाई प्राथमिकता दिनुपर्ने उल्लेख छ ।

बालबालिकालाई स्वस्थ जीवनशैली अपनाउन तथा समग्र स्वास्थ्य सुधारको आवश्यकता महसुस गरी यो कार्यक्रम ल्याइएको हो ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ