२०८१ वैशाख १३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचारजुन अस्पतालमा शल्यक्रिया गराए, त्यही अस्पतालमा नक्कली बम राखेर ३ करोड फिरौती मागे

जुन अस्पतालमा शल्यक्रिया गराए, त्यही अस्पतालमा नक्कली बम राखेर ३ करोड फिरौती मागे

प्रहरी फन्दामा तीन जना अभियुक्त


काठमाडौं—पूरानो बानेश्वरस्थित मातृका आइजमा नक्कली बम राखेर फिरौती मागेको अभियोगमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले मातृका आइजमा नक्कली बम राखेर ३ करोड फिराैती मागेको आरोपमा शनिबार महानगरीय प्रहरी परिसर काठमामाडौंले तीन जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा रोल्पाका ४० वर्षीय अमरबहादुर रोका, धादिङका २५ वर्षीय आशिष कुँवर र उनका भाइ २० वर्षीय अभिषेक कुँवर रहेका छन् । जसमध्ये रोका होटल व्यवसायी हुन् भने आशिष र अभिषेक दुवै होटल मजदूर हुन् ।

उनीहरुले २४ असारमा मातृका आइजभित्र नक्कली बम राखेर त्यहाँका सम्बन्धि व्यक्तिलाई बम राखेको जानकारी दिएर फिरौती माग गरेका थिए । विहान १०ः१० मा फोन गरेर अस्पतालका रिसेप्सनिष्ट पूर्णबहादुर दोङलाई उनीहरुले मोबाइलमा फोन गरेर, ‘२ मिनेटभित्र सबैजना बाहिर जानुस्, हामीले बम राखेका छौं’ भनेका थिए । दोङ नपत्याएजस्तो गरेपछि उनीहरुले तेस्रो तलाको बाथरुमा गएर हेर्न भनेका थिए । त्यसपछि दोङले अस्पतालका अध्यक्ष सुरज श्रेष्ठ र मेडिकल डाइरेक्टरलाई खबर गरेका थिए ।

साथै उनीहरुले अस्पतालका चिकित्सकलाई फोन गरेर आफ्नो हातमा रिमोट कन्ट्रोल रहेको र ४ वटा बम तपाईको घरमा पनि हुन सक्छ भनेर डर देखाउँदैं ३ करोड फिरौती मागेका थिए । उनीहरुले अस्पताल र घर परिवार सुरक्षित राख्ने भए उक्त रकम आफूले भनेको ठाउँमा लिएर आउन भनेका थिए ।

 बाथरुमको कमोडमा गएर हेर्दा पछाडि रातो बत्ती बलेको देखिएपछि प्रहरीलाई खबर गरिएको थियो । प्रहरी र नेपाली सेनाको टोलीले उक्त बम भनिएको कुरा डिस्पोज गरेको थियो ।

त्यसपछि महानगरीय प्रहरी परिसर काठमाडौंले प्रउको कमाण्डमा विशेष टोली गठन गरेर घटनाको अनुसन्धान अगाडि बढाएको थियो । उक्त टोलीले सीसीक्यामरा फुटेज, मोबाइल ट्रयाकिङलगायतका अनुसन्धान बिधीमार्फत ३ जना अभियुक्तलाई पक्राउ गर्न सफल भएको हो ।

बिरामीले नै मागे फिरौती

प्रहरीकाअनुसार अभियुक्तमध्येका एक आशिष कुँवरको आँखाको शल्यक्रिया मातृका आइजमा भएको थियो । शल्यक्रियाका क्रममा उनले अस्पताल, डाक्टर र मेडिकल कर्मचारीहरुको जानकारी बटुलेका थिए ।

उनीहरूले सहकारीमार्फत आफूले लिएको ऋण तिर्नका लागि नक्कली बम राखेर फिरौती मागेका थिए । प्रहरीकाअनुसार उनीहरुले बेल्जियम जानका लागि भिसा आवेदन दिएका र बुझाउनुपर्ने रकम नभएका कारण उक्त घटना घटाएको पाइएको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ