२०८१ वैशाख ८, शनिबार
Health Aawaj logo
गृहपृष्ठबाग्मती प्रदेशतीब्र विरोधपछि बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयमा स्वास्थ्यतर्फकै सचिव रहने

तीब्र विरोधपछि बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयमा स्वास्थ्यतर्फकै सचिव रहने


काठमाडौं—तीब्र विरोध भएपछि बागमती प्रदेशमा नवगठित स्वास्थ्य मन्त्रालयमा स्वास्थ्य सेवातर्फकै सचिव राख्ने सांगठनिक संरचना हुने भएको छ । प्रदेश क्याबिनेटले स्वास्थ्य मन्त्रालयको संरचनामा स्वास्थ्यतर्फकै सचिव राख्ने गरी सांगठनिक संरचना पास गरेको हो ।

यसअघि प्रदेश स्वास्थ्य मन्त्रालयले पहिले बनाइएको संरचना संशाेधन गर्दै स्वास्थ्य सेवा तर्फकै सचिव रहने संरचना तयार गरेर प्रदेश मन्त्रिपरिषद्मा पठाएको  थियो । बागमती प्रदेश स्वास्थ्य निर्देशनालयकी निमित्त निर्देशक सावित्री पौडेलले भनिन् ‘स्वास्थ्य मन्त्रालयको संरचनामा स्वास्थ्य सेवातर्फको ११ औं तहको सचिव रहने सांगठनिक संरचना तयार गरेको छ,’ उनले भनिन्, ‘अहिले क्याबिनेबाट पास भइसकेको छ, अब लागु हुन्छ ।’

यसअघि बागमती प्रदेशको मन्त्रालयले बनाएको प्रस्तावित दरबन्दी तेरिजमा मन्त्रालयमा संघीय सेवाको राप प्रथम तहको सचिव रहने उल्लेख थियो ।

मन्त्रालयको अन्य कुनै पनि संचरनामा परिवर्तन गरिएको छैन् ।

के छ नयाँ संरचना

स्वास्थ्य सचिवमा ११ औं तहको स्वास्थ्य सेवाको अधिकारी रहनेछ । यस्तै, मन्त्रालयमा ९/१० औं तहको अधिकृतस्तरको प्रशासनतर्फकै उपसचिव रहने सांगठिक संरचनामा छ । त्यसपछि मात्र स्वास्थ्य सेवातर्फका कर्मचारीलाई मन्त्रालयको प्रस्ताविक सांगठनिक संरचनामा स्थान दिइएको छ ।

स्वास्थ्य सेवातर्फको बरिष्ठ जनस्वास्थ्य निरिक्षक (हेई) ९/१० औं तह १ जना, बरिष्ठ उपस्वास्थ्य प्रशासक ९/१० औं १ जना, आयुर्वेद चिकित्सक ८ औं तह १ जना, अधिकृत प्रशासन ७/८ औं तह २ जना, न्यास सेवाको कानुन अधिकृत रापतृ १ जना, लेखा अधिकृत प्रशासन लेखा समूहको ७/८ औं तहको १ जना, जनस्वास्थ्य अधिकृत (हेई) ७/८ औं तहको एक जना, जनस्वास्थ्य शिक्षा अधिकृत (हेए) ७/८ औं तहको १ जना, कम्युनिटी नर्सिङ अधिकृत ७र८ तहको १ जना, फार्मेसी अधिकृत ७र८ तहको १ जना, सहायकरअधिकृत प्रशासनतर्फको ५र६ औं तहको २ जना, सहायक कम्प्युटर ४र५ औं तहका २ जना, सह लेखापाल प्रशासन लेखाको ४र५ औं तहका १ जना, हसचा तहबिहीन ३ जना, कार्यलय सहयोगी तहबिहीन ४ जना गरी कुल २५ जनाको प्रस्तावित दरबन्दी तेरिज तयार पारिएको हो ।

प्रदेश कार्यरत स्वास्थ्यका अधिकारी र कर्मचारीहरुले मन्त्रालयमा प्रशासनतर्फको सचिव राख्न थालिएको भन्दैं प्रदेशको स्वास्थ्य सेवा ठप्प पार्ने चेतावनी दिएका थिए ।

सरकारी चिकित्सकहरुको संगठन सरकारी चिकित्सक संघ (गोदान)ले पनि विरोध गरेको थियो । उसले बागमती प्रदेशमा गठन गरिएको स्वास्थ्य मन्त्रालयको प्रस्तावित दरबन्दीमा गम्भीर ध्यानाकर्षण भएको जनाउँदैं स्वास्थ्य ज्ञान नभएको व्यक्तिलाई मन्त्रालयको प्रशासनको नेतृत्व दिनु हास्यास्पद र गैरजिम्मेवारी भनेको थियो ।  गोदानले उक्त प्रस्तावित दरबन्दी सच्चाएर स्वास्थ्य सेवाकै सचिवको दरबन्दी राख्न समेत माग गरेको थियो ।


क्याटेगोरी : बाग्मती प्रदेश, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ