२०८० चैत्र १६, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचार‘परिवार नियोजन विकासमा गरेको लगानी कहिल्यै खेर जादैन’

‘परिवार नियोजन विकासमा गरेको लगानी कहिल्यै खेर जादैन’


काठमाडौँ – परिवार नियोजन विकासमा गरिएको लगानी खेर नजाने स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. आरपी बिच्छाले बताएका छन्।  बिहिबार आठौं राष्ट्रिय परिवार नियोजन दिवसको पूर्व सन्ध्यामा आयोजित अन्तरक्रिया कार्यक्रममा उनले परिवार नियोजनमा गरिएको लगानी कहिल्यै खेर नजाने र देशलाई उल्टो फाइदा पुग्ने बताएका हुन्।

डा. आरपी विच्छाले भने,’ परिवार नियोजनमा गरिएको लगानी कहिल्यै खेर जादैन। यो अहिले गरेको लगानीले मातृमृत्यु र नवजात शिशुको मृत्युमा उल्लेख्य कमी आउनेछ ।’

परिवार नियोजनमा १ रूपैयाँ खर्च गर्दा त्यसले देशलाई ३ रूपैयाँ बराबरको फाइदा दिने उनले बताए । परिवार नियोजनका साधन प्रयोग गर्ने संख्याभन्दा पनि बीचमै यसको प्रयोग रोक्ने समूहलाई परामर्श गरेर यसको प्रयोग निरन्तरतामा जोड दिनुपर्ने आवश्यक देखिएको उनको भनाइ छ ।

परिवार नियोजनका साधन प्रयोग गर्ने भनेको आफनो परिवार मात्र व्यवस्थित गर्ने नभएर समाज र देशकै विकासको लागि सहयोग पुग्ने कार्यक्रममा सहभागी परिवार कल्याण महाशाखाका निर्देशक डा विवेकलाल कर्णले बताए।

कोभिड महामारी फैलिएपछिको समयमा परिवार नियोजनमा निकै कमि आएको एक विज्ञले बताए। परिवार नियोजनका साधनको प्रयोग नगर्दा असुरक्षित सुत्केरी हुने सम्भावना बढ्ने र यसबाट मातृ तथा शिशु मृत्यु हुने सम्भावना पनि बढ्ने विज्ञहरुको भनाइ छ ।

‘कोभिड १९ को महामारी : परिवार योजना सेवामा सबैको पहुँचको बराबरी’ भन्ने नारामा साथ  २ असोजमा आठौं राष्ट्रिय परिवार नियोजन दिवस मनाइने भएको छ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ