२०८० मंसीर १४, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचारडा. प्रदीप ज्ञवालीलाई विपद् न्यूनीकरण पुरस्कार

डा. प्रदीप ज्ञवालीलाई विपद् न्यूनीकरण पुरस्कार


काठमाडौं—स्वास्थ्य अनुसन्धान परिषद्का सदस्य सचिव डा. प्रदीप ज्ञवालीलाई विपद् न्यूनीकरण सम्बन्धि उत्कृष्ट कार्य गरेको भन्दैं शिक्षा मन्त्रालयले सम्मानित गर्ने भएको छ । राष्ट्रिय विज्ञान दिवसका अवसरमा प्रदान गरी सो पुरस्कारको राशि २५ हजार नगद र सम्मान रहेको छ ।

पाल्पामा जन्मिएका डा. ज्ञवाली त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम)का सहप्रध्यापक हुन् । उनी २० वर्षदेखि आईओएममा कार्यरत छन् ।

डेढ वर्षअघि स्वास्थ्य अनुसन्धान परिषद्को सदस्य सचिव नियुक्त भएका डा. ज्ञवालीको नेतृत्वमा दुई वटा स्वास्थ्य वैज्ञानिक सम्मेलन र विभिन्न अनुसन्धानहरु सम्पन्न भइसकेका छन् ।

डा. ज्ञवालीसँगै विज्ञान पत्रपकारितातर्फ मणि दाहाल एरोनोटिकल विद्यामा दिपक प्रकाश बाँस्कोटा, उदयमान प्रविधिमा डा. आभाष मास्के, अन्तरिक्ष प्रविधिमा उदयराज खनाल, जैविक प्रविधि प्रा.डा. प्रकाश घिमिरेलाई पुरस्कार तथा सम्मान गर्न लागिएको हो ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ