२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचार१५५८ जना कोभिड-१९ संक्रमित थपिए, १० जनाको मृत्यु

१५५८ जना कोभिड-१९ संक्रमित थपिए, १० जनाको मृत्यु


काठमाडौं—नेपालमा थप १ हजार ५ सय ५८ जनामा कोभिड-१९ को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा थप १ हजार ५ सय ५८ जनालाई कोभिड संक्रमण पुष्टि भएको हो ।

यससँगै नेपालमा अहिलेसम्म कोभिड-१९ संक्रमित हुनेको संख्या ७ लाख ८३ हजार ७५ पुगेको छ ।

मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा १ हजार ३ सय ५१ जना संक्रमित कोभिड-१९ संक्रमणमुक्त भएका छन् । अहिलेसम्म नेपालमा कोभिड-१९ संक्रमण जित्नेको संख्या ७ लाख ४६ हजार ५ सय ६६ पुगेको छ ।

पछिल्लो २४ घण्टामा कोभिड-१९ को संक्रमणबाट १० जनाको मृत्यु भएको छ । यससँगै नेपालमा अहिलेसम्म कोभिड-१९ को संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार १२ पुगेको छ ।

नेपालमा अहिले सक्रिय संक्रमितको संख्या २५ हजार ४ सय ९७ जना रहेको मन्त्रालयले जनाएको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ