२०८० चैत्र ६, मंगलबार
Health Aawaj logo
गृहपृष्ठसमाचारमहामारीमा बिरामी भर्ना नलिने घोषणा गरेका निर्देशकलाई सुर्कीतिमय राष्ट्रदीप पदक

महामारीमा बिरामी भर्ना नलिने घोषणा गरेका निर्देशकलाई सुर्कीतिमय राष्ट्रदीप पदक

स्वास्थ्यतर्फका पदकमा ‘गोलमाल’, एकको नाममा सिफारिस पदक अर्कैलाई


काठमाडौं–कोभिड—१९ महामारीको समयमा अस्पतालले बिरामीको उपचार गर्न नसक्ने भन्दै सार्वजनिक सूचना जारी गरेर विवादमा तानिएका अस्पताल निर्देशकलाई सरकारले सुर्कीतिमय राष्ट्रदीप पदक दिने घोषण गरेको छ ।

कर्णाली प्रादेशिक अस्पतालका निर्देशक डा. डम्बर खड्काले कोभिड—१९ महामारीको दोस्रो लहरमा अस्पतालमा अक्सिजन नभएको भन्दै बिरामी भर्ना गर्न नसकिने सार्वजनिक सूचना जारी गरेका थिए ।

३१ बैशाखमा उनले अस्पतालमा अक्सिजन सिलिण्डर नभएका कारण कोभिड—१९ भएर अस्पतालमा भर्ना हुन आउने बिरामीलाई भर्ना गर्न नसकिने सूचना टाँस गरेका थिए । ‘नेपालगञ्जबाट आउने अक्सिजन यस अस्पतालमा आपूर्ति हुन नसकेको कारण हाल कोभिड—१९ को संक्रमण भई यस अस्पतालमा भर्ना हुन आउने बिरामीलाई भर्ना गर्न नसकिने व्यहोरा यसै सूचनामार्फत जानकारी गराइन्छ,’ उनको हस्ताक्षरमा भएको विज्ञप्तीमा भनिएको छ, ‘सेवाग्राहीलाई पर्न गएको असुविधाप्रति यस अस्पताल क्षमाप्रार्थी छ ।’

प्रदेशकै सबैभन्दा ठूलो अस्पतालले बिरामी नलिने घोषणा गरेपछि तत्कालीन प्रदेश सरकारले उनी विरुद्ध छानविन गरी कार्वाहीको तयारी गरेको थियो । कर्णाली सरकारका प्रवक्ताले पत्रकार सम्मेलन नै गरेर निर्देशक डा. खड्का माथि छानविन सुरु गरिएको र उनलाई कार्वाही गरिने बताएका थिए । तर, तत्कालै सत्तारुढ नेकपामा विवाद देखिएर मन्त्रिपरिषद् हेरफेरसँगै उनको कार्वाही पनि रोकिएको थियो ।
डा. खड्काले निकालेको सो विज्ञप्ती संविधानको मौलिक हक विपरीत भएको भन्दै उनि विरुद्ध उच्च अदालत सुरखेतमा मुद्धा परेको थियो । सो मुद्धा विचाराधीन अवस्थामा नै रहेको छ ।

डा. खड्काले बिरामीको उपचार गर्न नसकिने सूचना प्रकाशित गरेका कारण केन्द्रीय सरकारले सो अस्पताललाई केन्द्र माताहतमा राख्ने प्रक्रिया पनि सुरु गरेको थियो । तर, अहिले सो प्रक्रिया रोकिएको छ ।

सिफारिस बिना सिधैं पदक

सरकारले यस वर्षको संविधान दिवसको दिन बाँड्ने पदकहरुमा स्वास्थ्यतर्फका मध्ये सबैभन्दा ठूलो पदक पाउने चिकित्सक हुन्—डा. खड्का । तर, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्रोतका अनुसार संविधान दिवसको अवसरमा घोषणा हुने कुनै पनि पदकको लागि डा. खड्काको नाम सिफारिस गरिएको थिएन ।

बरु, उनको मातहतमा काम गर्ने डा. हरिप्रदसाद सापकोटा र डा. नवराज केसीको नाम सिफारिस गरिएको थियो । तर, पदक पाउने बेला डा. सापकोटाको नाम काटियो र निर्देशक आफैले पाए भने डा. केसीले प्रवल जनसेवा श्री पदक पाउने भएका छन् । डा. खड्का नेपाली कांग्रेसका सह—महामन्त्री पूर्णबहादुर खड्काका भाइ हुन् भने डा. केसी भान्जा हुन् ।

मन्त्रालय स्रोतका अनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पदकका लागि गरेका अधिकांश सिफारिस उल्टिएका छन् । मन्त्रालयले पठाएको सिफारिसलाई उल्टाउँदैं गृह मन्त्रालयले स्वास्थ्यतर्फका मानिसहरु आफुखुसी छानेको एक उच्च अधिकारीले बताए । स्वास्थ्य मन्त्रालयले मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेल, भर्खरै १२ औं तहबाट अवकासप्राप्त महेन्द्रप्रसाद श्रेष्ठ, यशोदा तिमल्सिना, डा. भिमसिंह तिंकरी, डा. झलक शर्मालगायतको नाम सिफारिस गरेको थियो । पदक पाउनेमा उनीहरुको नाम छैन । स्वास्थ्य अनुसन्धान परिषद तर्फका कोही पनि कर्मचारी नपरेको सदस्य सचिव डा. प्रदिप ज्ञवालीले बताए ।

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालतर्फबाट सिफारिसमा परेका ट्रमा सेन्टरका तत्कालीन निमित्त प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा. सन्तोष पौडेल र एनेस्थेसियोलोजिष्ट डा. नवीन पोखरेलको नाम काटिएको छ । उनीहरुको ठाउँमा चिकित्सक संघका अध्यक्षसमेत रहेका न्याम्सका चिकित्सक डा. लोचन कार्की र न्याम्समा दरवन्दी भएर स्वास्थ्य सेवा विभागमा कार्यरत चिकित्सक संघकै कोषध्यक्ष डा. प्रकाश बुढाथोकी पदक पाउनेको सूचीमा छन् ।

नारायणी अस्पताल र स्वास्थ्य मन्त्रालयले सिफारिस नै नगरेका वीरगञ्जका चिकित्सक डा. निरजकुमार सिंहले पनि प्रवल जनसेवा श्री पुरस्कार पाएका छन् । सो अस्पतालको सिफारिसमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड—१९ को पहिलो लहरमा नेतृत्व गरेका डा. उदयनारायण सिंहको नाम सिफारिस गरेको थियो । उनको नाम काटिएको छ ।

भरतपुर अस्पताल निमित्त मेसु डा. कृष्णप्रसाद पौडेल पनि सुप्रवल जनसेवा पदक पाएका छन् । मन्त्रालय स्रोतका अनुसार मन्त्रालयले सिफारिस गरेको नामावलीमा उनको नाम थिएन ।

यी हुन स्वास्थ्यबाट विभूषणका लागि सिफारिस भएका व्यक्ति

१. महेन्द्र प्रसाद श्रेष्ठ प्रमुख विशेषज्ञ स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
२. डा गुणराज लोहनी प्रमुख मेडिकल सुपरिटेण्डेण्ट स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
३. श्री यसोदा अर्याल बरिष्ठ जनस्वास्थ्य प्रशासक स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
४. डा समिर कुमार अधिकारी बरिष्ठ स्वास्थ्य प्रशासक स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
५. डा भिम सिंह तिंकरी निर्देशक स्वास्थ्य सेवा विभाग
६. डा कृष्ण प्रसाद पौडेल निर्देशक स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
७. डा पोमावती थापा बरिष्ठ कन्सल्टेण्ट मेडिकल जर्नालिष्ट स्वास्थ्य सेवा विभाग
८. डा झलक शर्मा गौतम रिष्ठ स्वास्थ्य प्रशासक स्वास्थ्य सेवा विभाग
९. श्री बडेबाबु थापा बरिष्ठ फार्मेसी अधिकृत स्वास्थ्य सेवा विभाग
१०. श्री प्रकाश पोखरेल बरिष्ठ मेडिकल ल्याव टेक्निसियन स्वास्थ्य सेवा विभाग
११. श्री शिवलाल शर्मा तथ्यांक अधिकृत स्वास्थ्य सेवा विभाग
१२. श्री भरत भण्डारी खोप सुपरभाइजर स्वास्थ्य सेवा विभाग
१३. श्री अन्जु बस्नेत जनस्वास्थ्य निरिक्षक स्वास्थ्य सेवा विभाग
१४. डा नविन प्रकाश शाह बरिष्ठ कन्सल्टेण्ट चेष्ट फिजिसियन राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्र
१५. डा रुणा झा निर्देशक राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु
१६. डा बासुदेव जनार्दन प्रसाद उपाध्याय महानिर्देशक आयुर्वेद तथा वैकल्पीक चिकित्सा विभाग
१७. डा प्रदीप केसी निर्देशक आयुर्वेद चिकित्सालय
१८. डा अनुस्मृती पाल कोभिड फोकल पर्सन कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान
१९. श्री निर्मला कुृमारी पहाडी नर्सिङ कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान
२०. श्री सरीता कार्की बरिष्ठ नर्सिङ् प्रशासक पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान
२१. डा शरद चन्द्र बराल मेडिकल अधिकृत पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान
२२. प्रो डा। पारस कुमार आचार्य रजिस्टार पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान
२३. श्री गोविन्द बहादुर श्रेष्ठ कार्यालय सहयोगी पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान
२४. सिर्जना राई पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान
२५. रमेश बोहोरा पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान
२६. डा दिनेश न्यौपाने प्रमुख कन्सल्टेण्ट फिजिसियन कोशी अस्पताल
२७. डा प्रविण झा कन्सल्टेण्ट एनेस्थेसियोलोजिष्ट कोशी अस्पताल
२८. श्री ममता श्रेष्ठ अस्पताल नर्सिङ निरिक्षक कोशी अस्पताल
२९. डा किजन महर्जन मेडिकल अधिकृत टेकु अस्पताल
३०. श्री पर्मानन्द भण्डारी वरिष्ठ मेडिकल ल्याब टेक्नोलोजिष्ट टेकु
३१. श्री बेली पौडेल, अस्पताल नर्सिङ निरीक्षक, टेकु
३२. डा करिष्मा मल्ल वैद्य, वरिष्ठ कन्सल्टेन्ट प्याथोलोजिष्ट, प्रसूति गृह
३३. श्री सुभाष ठाकुर, प्रसूति
३४. डा सन्तोष पौडेल, निर्देशक ट्रमा सेन्टर
३५. डा नवीन पोखरेल एनेस्थेसियोलोजिष्ट ट्रमा सेन्टर
३६. श्री कृष्णनन्दन चौधरी जन स्वास्थ्य निरीक्षक ट्रमा सेन्टर
३७. श्री मेलिना मिश्र स्टाफ नर्स ट्रमा सेन्टर
३८. डा पारस पाण्डे, एनेस्थेसियोलोजिष्ट भेरी अस्पताल
३९. श्री मधु गुरूङ, स्टाफ नर्स भेरी अस्पताल
४०. श्री प्रचण्ड गौतम ल्याब टेक्निसियएन, भेरी आस्पताल किजन महर्जन मेडिकल अधिकृत टेकु अस्पताल
४१. श्री पर्मानन्द भण्डारी वरिष्ठ मेडिकल ल्याब टेक्नोलोजिष्ट टेकु
४२. श्री बेली पौडेल, अस्पताल नर्सिङ निरीक्षक, टेकु
४३. डा करिष्मा मल्ल वैद्य, वरिष्ठ कन्सल्टेन्ट प्याथोलोजिष्ट, प्रसूति गृह
४४. श्री सुभाष ठाकुर, प्रसूति
४५. डा प्रमोद पौडेल फिजिसिन भरतपुर अस्पताल
४६. श्री सरिता भण्डारी अस्पताल नर्सिङ् निरिक्षक भरतपुर अस्पताल
४७. श्री मणिराम महतो ल्याव टेक्निसियन भरतपुर अस्पताल
४८. डा। उदय नारायण सिंह नारायणी अस्पताल पर्सा
४९. श्री हेमा थापा अस्पताल नर्सिङ् निरिक्षक नारायणी अस्पताल पर्सा
५०.  डा जीव नारायण मण्डल मेडिकल अधिकृत उदयपुर अस्पताल गाईघाट
५१. डा सोनिङ्ग लामा मेडिकल अधिकृत जिल्ला अस्पताल ताप्लेजुङ
५२. श्री प्रकाश चन्द्र कार्की मेडिकल ल्याव टेक्नोलोजिष्ट प्रदेश नम्बर १
५३. श्री सुजता पौडेल नर्सिङ्ग अघिकृत संखुवासभा अस्पताल खाँदबारी
५४. श्री सिर्जना लिङ्थेप पहेन स्वास्थ्य कार्यालय धादिङ
५५. डा बिरेन्द्रकुमार मण्डल ब।फ।मे।अ लाहान अस्पताल सिरहा
५६. डा। पुजा पाण्डे मेडिकल अधिकृत पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान
५७. डा बिमल पाण्डे मेडिकल अधिकृत पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान
५८. डा अशेष ढुंगाना उपनिर्देशक वीर अस्पताल
५९. डा अच्युतराज कार्की ब।क।मे।ज वीर अस्पताल
६०. डा अनिष जोशी प्रमुख कन्सल्टेन्ट सर्जन वीर अस्पताल
६१. डा रविराम श्रेष्ठ प्रमुख कन्सल्टेन्ट एनेस्थेसियोलोजिष्ट वीर अस्पताल
६२. श्री असली श्रेष्ठ अस्पताल नर्सिङ् निरीक्षक वीर अस्पताल
६३. श्री कल्पना राउत कार्यालय सहयोगी वीर अस्पताल
६४. डा आनेन्द्र मल्ल वी।पी। धरान
६५. डा जगत नारायण प्रसाद वी।पी। धरान
६६. श्री मन्जु देउला वी।पी। धरान
६७. डा नजाला खातुन कन्सल्टेण्ट पेडियाट्रिसियन कान्ति बाल अस्पताल
६८. श्री शर्मिला श्रेष्ठ अस्पताल नर्सिङ् निरीक्षक कान्ति बाल अस्पताल
६९. डा रणजित कुमार झा मेसु गजेन्द्रनारायण सिंह अस्पताल
७०. मनोज कुमार देव गजेन्द्रनारायण सिंह अस्पताल
७१. डा चेतराज भट्ट मेडिकल अधिकृत डडेल्धुरा अस्पताल
७२. श्री लक्ष्मी चन्द अस्पताल नर्सिङ् निरीक्षक डडेल्धुरा अस्पताल
७३. डा चुमनलाल दास मेसु कोशी अस्पताल
७४. डा दिपक सिग्देल प्रमुख कन्सल्टेण्ट फिजिसियन कोशी अस्पताल
७५. श्री गौरी शंकर देव ज।स्वा।अ। कल्याणपुर नगरपालिका
७६. श्री लक्ष्मेधर झा खो।सु।अ। स्वास्थ्य कार्यालय महोत्तरी
७७. श्री अनिता जयशवाल सि।अ।न।मी सिनियर कलैया अस्पताल
७८. श्री जगत कुमारी थापा अ।न।मी। प्रादेशीक अस्पताल धनुषा
७९. श्री कासिन्दर ठाकुर सरसफाइकर्मी प्रादेशीक अस्पताल धनुषा
८०. डा दिपेन्द्र पाण्डे मेसु त्रिशुली अस्पताल नुवाकोट
८१. श्री रोशनी श्रेष्ठ अनमी भक्तपुर अस्पताल
८२. श्री अम्बिका पाण्डे पहेन धादिंङ अस्पताल
८३. श्री धर्मनाथ प्रसाद रस्तोगी ल्या।टे सिन्धुली अस्पताल
८४. श्री रामकृष्ण फुयाल जनस्वास्थ्य अधिकृत स्वास्थ्य कार्यालय ललितपुर
८५. श्री सुरज गुरौं बरिष्ट जनस्वास्थ्य अधिकृत स्वास्थ्य कार्यालय बाग्लुङ
८६. डा जितेन्द्र कडेल मेसु बेनी अस्पताल
८७. श्री ऋषिराम खत्री स्वास्थ्य कार्यालय गोरखा
८८. श्री ईश्वर कोइराला गर्हौ आधारभूत अस्पताल स्याङजा
८९. श्री लाल बहादुर रोका हेअ मुस्ताङ
९०. श्री उषा महतो स्टाफ नर्स मनाङ अस्पताल मनाङ
९१. श्री जयन्द्रमान गुरुङ स्वास्थ्य कार्यालय पर्वत
९२. डा नन्दु प्रसाद पाठन जनरल फिजिसियन लुम्बिनी प्रादेशीक अस्पताल बुटवल
९३. डा उत्तम पाच्य गुल्मि अस्पताल
९४. डा किशोर बंजाडे कपिल्वस्तु अस्पताल
९५. श्री गोकर्ण गिरी बरिष्ठ जनस्वास्थ्य अधिकृत स्वास्थ्य कार्यालय बर्दिया
९६. श्री सिर्जना ज्ञवाली बर्दिया अस्पताल
९७. श्री द्रोण वली श्रीगाउँ प्रार्थमिक स्वास्थ्य केन्द्र
९८. श्री महेश कुमार कक्षपति प्युठान अस्पताल
९९. डा हरि प्रसाद सापकोटा सुर्खेत प्रादेशीक अस्पताल
१००. डा नवराज केसी सुर्खेत प्रादेशीक अस्पताल
१०१. डा टासी लामा मेडिकल अधिकृत हुम्ला
१०२. डा जीवन ज्ञवाली दैलेख अस्पताल
१०३. श्री सरिता बोहरा मुगु
१०४. श्री प्रमिला कोइराला सुर्खेत
१०५. डा भगवान कोइराला अध्यक्ष नेपाल मेडिकल काउन्सिल
१०६. श्रीनाथ लामिछाने सहयोगी नेपालगञ्ज मेडिकल कलेज
१०७. श्री डम्बर डाँगी ल्याब टेक्निसिएन नेपालगञ्ज मेडिकल कलेज
१०८. श्री गरिमा खनाल, स्टाफ नर्स नेपालगञ्ज मेडिकल कलेज
१०९. श्री श्वती गौतम स्टार्फ नर्स धुलिखेल अस्पताल
११०. डा वसन्त गौली चितवन मेडिकल कलेज
१११. डा प्रकाश सापकोटा धुलीखेल अस्पताल
११२. डा रक्षा पाण्डे, पल्मनोलोजिष्ट ह्याम्स अस्पताल
११३. डा दिप्तेश अर्याल, एनेस्थेसियोलोजिष्ट नेपाल मेडिसिटी अस्पताल
११४. श्री कोपिला दाहाल, अनमी प्रत्यारोपण केन्द्र भक्तपुर
११५. डा कल्पना कुमारी श्रेष्ठ , वरिष्ठ कन्सलन्ट नेफ्रोलोजिष्ट प्रत्यारोपण केन्द्र भक्तपुर
११६. श्री रामप्रसाद ओझा ल्याब टेक्निसिएन सुदूरपश्चिम प्रदेश
११७. श्री नारायण चन्द सि अहेव मैलोली नगरपालिका बैतडी
११८. डा हरिकुमार श्रेष्ठ स्त्रीरोग विशेषज्ञ महाकाली अस्पताल
११९. डा नरेन्द्रसिंह कार्की स्व। शि।प्र।सामाजिक विकास मन्त्रालय सुदूरपश्चिम प्रदेश
१२०. डा हेमराज पाण्डे बाल रोग विशेषज्ञ सेती प्रादेशिक अस्पताल
१२१. डा सुशील बराल एनएचएसएसपीर हार्ड
१२३. डा मोहम्मद काशिम शाह निक साइमन
१२४. श्री मिस्टर जेहाङ न्हाउ होङसी सिमेन्ट प्रालि
१२५. श्री महेश नकर्मी सिजी फाउण्डेसन
१२६. श्री रन्जित आचार्य, नेपाल एम्बुलेन्स सर्भिस
१२७. श्री मिस्टर इल्केविस प्रतिनिधि युनिसेफ
१२८. श्री सुशीलचन्द्र लेखक डब्लुएचओ
१२९. श्री नूर पन्त वरिष्ठ स्वास्थ्य सल्लाहकार युएसएड
१३०. श्री शंकर अग्रवाल, शंकर अक्सिजन प्रालि


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ